जमघट पनि खालखालका हुन्छन् हिजो आज । खानेहरुका, पिउनेहरु
का, नाच्ने गाउँने अनि घुम्नेहरुका यस्तै यस्तै । मानिसलाई हरेक पल खुसी नै चाहिन्छ नी हैन र ? खुसिकै लागि यस्ता जमघटहरु हुने गरेका छन् शहर, बजार र गाँउ तिर । मानिसलाई खुसी हुन भौतिक सुविधामात्र भएर नपुग्दो रहेछ । भावनात्मकता पनि उत्तिकै हुदों रहेछ । भौतिकतालाई छाडेर भावनाको खुसी बाढ्नेहरुको एउटा जमघट अरु भन्दा फरक थियो । यस्तै भावनाको जमघटमा डुब्यो मोरङको शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविर गएको शनिबार । भावनात्मक सम्बन्धमा सीमाना र बन्धनहरु हुदैनन् भन्ने एउटा प्रमाण पनि भयो त्यो कार्यक्रम । भुटानी शरणर्थी किशोरहरुको समुह झकास ग्रुपले आयोजना गरेको रचना वाचन तथा पुरस्कार वितरण । भाषा र श्रृजनाको मायालाई
प्रगाढ बनाउन नेपाली मन बोकेका, नेपाली भाषाको चिन्तामा डुबेका भुटानी शरणार्थी युवाहरुले गरेको त्यो जमघट श्रजकहरुका लागिमात्र नभएर आम नेपाली भाषीका लागि खुसीको क्षण बन्नसक्थ्यो यदि सबैको उपस्थिति हुन्थ्यो भने । उनिहरुले नेपाली भाषा र साहित्यलाई माया गर्दै गजलकार प्रकाश आङ्देम्बेलाई एघार हजार एकसय एघार रुपैयाको पुरस्कारले सम्मान मात्र गरेरनन् । जहाँ पुगे पनि नेपाली भाषालाई संबृद्ध बनाउन, नेपाली साहित्यलाई माथी उकास्न लागि रहने प्रण गरे । अनि भुटान सम्झदै रचना सुनाए यसरी
देश थियो भाषा थियो यसैमा आनन्द थियो ।
का, नाच्ने गाउँने अनि घुम्नेहरुका यस्तै यस्तै । मानिसलाई हरेक पल खुसी नै चाहिन्छ नी हैन र ? खुसिकै लागि यस्ता जमघटहरु हुने गरेका छन् शहर, बजार र गाँउ तिर । मानिसलाई खुसी हुन भौतिक सुविधामात्र भएर नपुग्दो रहेछ । भावनात्मकता पनि उत्तिकै हुदों रहेछ । भौतिकतालाई छाडेर भावनाको खुसी बाढ्नेहरुको एउटा जमघट अरु भन्दा फरक थियो । यस्तै भावनाको जमघटमा डुब्यो मोरङको शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविर गएको शनिबार । भावनात्मक सम्बन्धमा सीमाना र बन्धनहरु हुदैनन् भन्ने एउटा प्रमाण पनि भयो त्यो कार्यक्रम । भुटानी शरणर्थी किशोरहरुको समुह झकास ग्रुपले आयोजना गरेको रचना वाचन तथा पुरस्कार वितरण । भाषा र श्रृजनाको मायालाई
प्रगाढ बनाउन नेपाली मन बोकेका, नेपाली भाषाको चिन्तामा डुबेका भुटानी शरणार्थी युवाहरुले गरेको त्यो जमघट श्रजकहरुका लागिमात्र नभएर आम नेपाली भाषीका लागि खुसीको क्षण बन्नसक्थ्यो यदि सबैको उपस्थिति हुन्थ्यो भने । उनिहरुले नेपाली भाषा र साहित्यलाई माया गर्दै गजलकार प्रकाश आङ्देम्बेलाई एघार हजार एकसय एघार रुपैयाको पुरस्कारले सम्मान मात्र गरेरनन् । जहाँ पुगे पनि नेपाली भाषालाई संबृद्ध बनाउन, नेपाली साहित्यलाई माथी उकास्न लागि रहने प्रण गरे । अनि भुटान सम्झदै रचना सुनाए यसरी देश थियो भाषा थियो यसैमा आनन्द थियो ।
जून छुने सपना थिए जोश बुलन्द थियो ।
नचाहेर नमानेर आखिर माटो छाड्नु प¥यो,
शेरु राई उदासका यी गजल शेरहरु जस्तै धेरै भुटानी शरणार्थी श्रष्टाले यसै गरि भावनाहरु जोडे र सम्बन्धको डोरी कसे उसै गरी । पुर्नवासमा तेस्रो देशमा पुगिसकेका धेरै सदस्य रहेको झकास समुहको यो भावनात्मक कार्यक्रममा रचना वाचन गर्ने अरु पनि धेरै अबका दिनमा भेट होला नहोला भन्ने गुनासो गर्दै थिए ।बाँसका भाटाले घेरीएको कार्यक्रम कक्षमा श्रष्टाहरु खचाखच थिए । कार्यक्रम हेर्नकै लागि भेला भएका शिविरका तन्नेरी र बालबालीकाहरु हल बाहिर भाटाका च्यापबाट चिहाउदै भएपनि रचना र गुनासोका भावनामा डुबुल्की मारे आफ्नै ब्यथा सम्झेर । कला र साहित्य साधनामा लागेका प्रकाशको सम्मानमा झकासले आयोजना गरेको कार्यक्रममा प्राज्ञद्वय डा गोविन्दराज भट्टराई र कवि कृष्णभुषण वलले नेपाली
भाषा र भुटानीका भावनालाई बनाई दिए नछुट्टिने । डा टंक न्यौपाने र दार्जिलिङ्मा बसेर नेपाली गीत संगीतको विकासमा अहोरत्र खटेका मणीकमल क्षेत्री कुरामै कसिलो पारे त्यो सम्बन्ध । क्षेत्रीले कुरामात्र गरेनन् । जगदिश समालले स्वर भरेको गीत गाए र सबैको साथ बटुले सधै सधैका लागि । ती बरिष्ठहरुले मात्र रचना सुनाएनन् । शिविरको पीडामा रहेका शरणार्थीका ब्यथा देखी देश दुखेको र नेपालीले भोग्नु गरेको सास्ती समेतलाई एकै कार्यक्रममा समेटन भ्याए दुइदर्जन सर्जकहरुले ।

Yatri Shekhar
.jpg)