दवाव दिने कलाकर्मीको छुट्टै शैली

दवाव र माग राख्ने आ आफ्नै शैली हुन्छन्, तोकिएको जेठ १४ मा संविधान नबेनेपछि चाडै संविधान निमार्ण गर्न माग गर्ने कलाकारको शैली फरक देखियो शनिबार इटहरीमा ।संगीतको धुनबाट संविधान जारी गर्न माग गर्ने कलाकारहरुले कालो पट्टी बाँधेका थिए वेलैमा संविधान नबनेकोमा । ५० हप्ता अघिदेखि इटहरीमा साङ्गीतिक श्रृ खला गर्दे आएको सङ्गीत साधाना महाबिद्यालयले शनिबारको श्रृङ्खला संबिधानसभा बिशेष गर्यो ।

समाजका विभिन्न आन्दोलनमा सहभागी हुदै सांगीतिक श्रृखला चलाउदै आएको महाबिद्यालयको यो श्रृखला पनि बिषेश बन्यो इटहरीबासीका लागि ।
संगीतकर्मीहरुले जेठ १४ गते राष्ट्रिय गीतका संगीत बजाए
र गाए पनि त्यस्तै गीतहरु । रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो......, जहाँछन् बुद्धका आखाँ....., जे भन जसो गर जता सुकै लैजाउ मलाई... लगायतका दर्जन बढी राष्ट्रिय गीत गाए कलाकारहरुले राष्ट्रका नाममा । गीत गाउनेमा थिए मोहन तिम्सिना, सुजाता बिष्ट, राजेश राई, नवराज बस्नेत, रंजिता केसी, संजिव चौधरीलगायत
का कालाकार । संगीतमा थिए प्रशिक्षक रामधामी, मणी गुरुगं, राजु के सी लगायत । उनिहरुले संगीत मात्र सुनाएनन्, भेला भएका सञ्चारकर्मी र कवि सा
हित्यकारसंग बहस पनि चलाए ।
श्रष्टा हरुले बहसमा आफुहरुलाई राज्यको पाँचौ अंग बनाउनु पर्ने माग गरे । उनिहरुले संविधान न बन्नुको बिरोध संगी
तमा ओकले र आफ्ना माग पनि राखे उत्तिकै ।
इटहरीमा रंगशाला निमार्ण होस या इटहरी प्लाष्टिक मुक्त अभियानमा होस इटहरीमा हुने हरेक आन्दोलनको अंग बन्द आएको संगीत साधना महाविद्यालय संगीतकै माध्यमबाट सहभागी हुदै आएको छ ।
हरेक हप्ता विषेश ब्यक्तिलाई सहभागी गराउदै आएको साधनाले ५० औ श्रृखलासम्ममा धेरै क्षेत्रका ब्यत्तिहरुलाई संगीतको स्वाद चखाइ सकेको छ । संगीतमा रमाउन पल्केकाहरु हरेक शनिबार विहान १ बजेदेखि मध्यान्न १२ बजे सम्म साधना कक्षमा आउन बिर्सदैनन् ।
४६ औ श्रृखलामा इटहरीका आमा समुहलाई भेला गरेको साधनाले ४७ औ श्रृखलामा इटहरीका २ सय बढी बालबालीकालाई भेला गराएको थियो । साधनाको यो अभियानले
एकै क्षेत्रका ब्यक्तिले पनि आपसमा धुलमिल हुने अवसर पाएका छन् ।

0 comments:

 
धन्यवाद