गजल


देखाउने रहर साँच्दै, लुकाएर हिंड्छौ कति ।
कोमल मुटु भित्र–भित्रै, दुखाएर हिंड्छौ कति ।

दुनियाँको नौरंगीपन, तिमीले’नी बुझ्न पर्ला,
सर्माएर कर्के नजर, झुकाउँदै हिंड्छौ कति ।


जम्काभेट गोरेटोमा, बारम्बारको याद होला,
लाज छोप्न केशराशी, फुकाउँदै हिंड्छौ कति ।

हातेमालो मात्र हैन, मन साट्ने कुरा गरौं,
आएका ती मौका सबै, चुकाएर हिंड्छौ कति ।
                                                                मिति ः २०६९ माघ १० 









0 comments:

 
धन्यवाद