जन्मदिन
आज एउटा बाटोको खोजीमा
भोलीको गन्तव्यको खोजीमा
दिन विताएको छु
आखा उघारो राखेको छु
आजकै दिन खुलेका आखा
मैले नचाहेरै देखेको दिन
त्यो दिन मलाइ अनुभव भएन सायद
कति वेला खुले मेरा आखा ,
आज सपनाको खाडलमा डुबेर
बुर्कुसी मार्दैछन तिव्र आकाक्षंहरु
भंगिमा भै निर्लिप्त छन ।
दोहोरिएको इतिहास
मैले अध्ययन गरेको छैन
इतिहास नदोहोरिएको पनि मैले सुनेको छैन
प्रकृति र प्रवृतिले देश र परदेश
मिलेका र नमिलेका मैले नपढेको इतिहासमा
कोरिएको होला र लेखिएको होला
मैले नपढेका ती अपठित कथाहरुमा
यस्तै यस्तै मान्छे भित्रका कौतुहलता
विवसतामा रुमलिएका पाना
र , आजको दिनको विहान
उस्तै उस्तै लाग्छ
आजबाट सुरु भएको यो यात्रा
अनि म एउटा यात्री
आजको दिनको विहान
मिर्मिरेसंग आशा बोकेर
आयो र मलाइ जन्मायो
आज भन्दा दुइ दशक अगाडी मेरी आमाबाट
त्यसैले त म आजको दिन
मेरी आमालाइ पुजा गर्छु
यो मिर्मिरे र सन्ध्यालाइ
म श्रद्धा गर्छु
र उत्सवका रुपमा मनाउछु
शुभ- कामना लिन्छु
शुखद भविश्यको कल्पना गर्छु
र हासेर बिताइ दिन्छु
यो शुभ दिन , यो जन्म दिन ।
रचना - (२०६५.९.१४ )
कविता
Yatri Shekhar


