कविता

याहाका मान्छे
शुन्य आकाशमा
फराकीला आशा बोकेर
जग्मगमइ रहेका ताराहरु
तिमी छेक्न सकदैनौं
तिम्रो र्सार्मथ्ले भ्याउदैन पनि
तर तिमी ,
चम्किलो जुन हेर्ने
आफ्ना दुइ आखा छोप्न सकछौ
आफु ओझेल पर्न सक्छौ
जुनेली उज्यालोबाटर्
अर्धचेतन मान्छेहरु जस्तै
हावा झोक्कामा
तिमी सहजैसंग
बहकीन सक्छौ र हराउन सक्छौ
आफ्नो अस्तित्वबाट ।
त्यतीवेला तिम्रो साथमा
हजारौं अर्धचेतन मन हुनेछन्
तिमी एक्लो हुने छैनौ
अरुको चेतनाले पुर्णता पाउदैन ।
तिमीले साथ लिइरहेका
तिम्रो प्रयोगमा आइरहेका
आफ्नो अस्तित्व बिर्सीरहेका
ति विचेत मनस्थिती बोकेर
तिम्रो साथ लागीरहेका
तिमी भन्दा अचेत मनहरुबाट
उनिहरुबाट तिमीले
सक्दो फाइदा लुटीरहेछौ
विचरा तिनीहरुलाइ के थाहा
अर्काको स्वार्थ पुर्तिकालागी
ज्यान अर्पेर डौडीरहेको ।।।
पुरानो डायरीबाट

0 comments:

 
धन्यवाद