लेख

कहिले आउला असली गणतन्त्र
सरकार छ तर लाटो छ
देशमा कानुन छ तर चपु छ
प्रशासन छ तर मौन छ ।
याहा ति कानुन हरु ती नियम हरु
लागु हुन्छन निर्धाका लागिमात्र
बलिया र पहुच हुनेका लागि
त्यसले छुदैन , असर गर्दैन
हो माथीका कविताका हरफ जस्तै याहा नियम हरु बन्छन बनाइन्छन र लागु हुन्छन । तर ति नियमहरु कानुनहरु पहुँच र पैसा हुनेले प्रयोग गर्दै आएका छन । ती नियमहरु कानुनहरु समानरुपमा लागु भएको छैन याहा । यस्तै भएको छ सप्तरीको खडगपुरमा ।
देशमा गणतन्त्र आएको दुइबर्षभयो । सरकारले नेपाललाइ २०६३ साल जेठमा छुवाछुत मुक्त राष्ट्र घोषणा त गर्यो तर कार्यान्वयन भने गर्न सकेको छैन । जातिय भेदभाव गर्नेलाइ कडा कावार्हि गर्ने कानुन बनाए पनि सप्तरीको खडगपुरका दलितले भने धारा र ट्युवेल छुन पाउदैनन् ।
सप्तरीको खडगपुर-४ का डोमजातिको दलितहरुलाई कथित उपल्ला जातिका मानिसले छोइन्छ भन्दै र्सार्वजनिक ट्युवेल, धारा र्रर् इनारमा पानी खान रोकलगाएका छन् ।
उनिहरुलाइ उपल्ला जातीका मनिसले धारा र ट्युवेल छुन पनि दिदैनन् । उनिहरुलाइ पानी भर्नु परे अरुले नै भरेर दिने गरेका छन ।
आफै पानी लिन नदिएपछि घर छेउको ट्युवेलमा पनि पानी लिन उपल्ला जातिको मानिसको भरपर्नु परेको र कसैकसैले मात्र पानि भरेर दिेने गरेको पीडित मुक्ता मरिकले बताउनु भयो ।
मरिकले भन्नु भयो आफनै घर छेउको धारामा पानी भर्न पनि कति वेला को आउछ र भरेर दिन्छ भनेर अर्काको बाटो हेर्नु पर्छ त्यो कोही कोहीले मात्र भरि दिन्छन कोही त झर्केर हिड्छन ।
धारा छुन नदिए पछि आफुलाइ मनलागेको बेला पानीखान पोखरी र खोलाको विकलप रोज्नु सिवाय केहि उपाय नभएको उनिहरुको गुनासो छ ।
भोगेन्द्र मरिक भन्नु हुन्छ धारा छुन नदिए पछि आफुहरुले बाध्य भएर पोखरीको दुषित पानि पीउनु परेको छ । के गर्ने पानी विना बाच्न नसकिदो रहेछ ।
यसरी भनेका वेला पानी पिउन अर्का कै भर पर्नु पर्ने र दुषित पानी पिउनु पर्ने अवस्था आए पछि कति परिवार त बसाइ सरेर अन्तै लागेका छन ।
पानि पिउन समस्या परेपछि धेरै जना बर्साईनै सरेर अन्यत्र गएको पीडित उर्मिला मरिकले बताउनु भयो ।
आफुहरुले पानी खान अर्काको भर पर्नु परेको गुनासे गर्दै उनिहरु भन्छन । हामीले कतै यसवारे उजुरी त हालेका छैनौ तर दलीतका लागी काम गर्र्छौ भन्ने सरकारी र गैर सरकारी संस्थाहरुले पनि हेरेका छैनन ।
उनिहरुले बर्षौ देखी यसरीनै विभेदको जिन्दगी जिउदै आएका छन । अधिकारकर्मी शम्भुनन्दन चौधरी पनि यस्तै बताउनु हुन्छ । उहा भन्नु हुन्छ उनिहरु बर्षौ देखी विभेदको सिकार बन्दै आएका छन ।
खै त उनिहरुलागी गणतन्त्र आएको सरकारले जती कानुनी राज्यको कुरा गरे पनि जवसम्म यो खडगपुर गाउका डोमजातीहरु जस्तै नेपालका गाउ गाउमा हुने गरेका यस्ता विभेदकारीलाइ सरकारले कावार्ही गर्न सक्दैन , तब कसरी गर्नु नया नेपालको कल्पना ?

0 comments:

 
धन्यवाद