कविता

हाम्रा सभासद
देशले खोजेको परिर्वतन ल्याउन उठेका हात
मुलुकको काचुली र्फेन जुटेका साथ
आज हाम्रा अगाडी आफैमा टोकेसो गरिरहेका छन्
हाम्रो भविष्यलेख्ने ती सभासद
मुलुकलाई चहिएको विकास
जनतालाइ चाहिएको विश्वास
यस्तो नीति बनाउन किन
आनाकानी गर्छन् हाम्रा सभासद ।
हामी आफैले गल्ती गर्यौ त्यसवेला
हामीले आफै दोषी भयौं यसवेला
हाम्रो रोजाई र छनाईले काम नगरे पछि
हामी पछुताउनुको विकल्प रहेन ।
संविधान लेख्न छाडेर मोज मस्तिमा छन
आज लाई बिर्सेर हिजो अस्तिमा छन
कार्यतालिका सरेको सरेकै छ
उनिहरुलाई के के हतारो छ र -
दैनिक भत्ता पचाउन पाएकै छन
न बन्दको प्रभाव छ
न हड्ताल छ उनीहरुलाई
त्यसैले उनीहरु ढुक्क छन
शोक छैन सुर्ता छैन
सहिदलाई त के सम्झन्थे
याहा रोग भोक र शोकले शहिद बन्न लागेकाको त वास्ता छैन
कति निष्ठुरी र कती लाछी हाम्रा सभाषद ।
राम्रा भाषण र आश्वासनले भोट किने
जनतालाई ढाटेर कुर्सी छिने
फेरी, उहि ढाँट कुरा गरे
संविधान लेख्न विर्से र लागे
उहि सत्ताको कुर्सी हत्याउन
आफ्नै दुनो सोझ्याउन
हेर कती स्वार्थी यी दहिचिउरे सभाषद
यता हाम्रो सविधान बन्ने आशा
राम्रो संविधान बन्ने आशा
तुहिन लाग्यो
खै कहिले बन्ने हो
कसरी बनाउने हुन
कस्तो बनाउने हुन
अझै थाहा छैन
अझै पत्तो छैन
आधा समय सकी सकियो
आधा समय बाँकी छ
हेरौं, आशा गरौ
भर त कसरी पर्नु र
यस्ता त छन हाम्रा सभाषद ।
३० बैशाख ०६६

0 comments:

 
धन्यवाद