अब रेडियो जतिनै हुने भए नेपालमा टेलिभिजन

नेपालमा २०५० साल यता सञ्चार क्षेत्रले निक्कै फड्को मारेको छ । ०४६ सालको जनआन्दोलन पछाडी धेरै पत्रपत्रिका प्रकाशन हुन थाले । ति पत्र पत्रिकाले अहिले सम्म निरन्तरता पाइरहेका छन् । अझ सामुदायिक थपिने क्रम उत्तिकै छ । ०५० साल यता आएर पत्रपत्रिका सगै एफ एम रेडियो प्रशारण हुने क्रम उसैगरि बढिरहेको छ अहिले पनि गाँउ गाँउमा सामुदायीक एफएम खुल्ने क्रम जारी छ । करिव चार सयको हाराहारीमा नेपालमा एफ एम रेडियोहरु सञ्चालन हुन थालिसकेका छन । अहिले आएर नयाँ टेलिभिजन सञ्चालनमा आउन थालेका छन । केहिबर्ष अगाडी सम्म राजधानीबाट मात्र सञ्चालन हुने टेलिभिजनहरु अब मोफसलबाट पनि सञ्चालन हुन थालिसकेका छन । गतबर्ष देखी विरगञ्जबाट तराई टेलिभिजन सञ्चालनमा छ । नेपालका विभिन्न शहरहरुमा स्थानिय केवल टेलिभिना पनि सञ्चालनमा छन । राजधानी बाहिर चितवन, पोखरा, दमक लगायतका ठाउमा यस्ता केवल टेलिभिजन सञ्चालनमा छन ।
यता पुर्वाञ्चलमा भने पहिलो पटक क्षेत्रिय टेलिभिजन सञ्चालन हुने पक्का भएको छ । सुनसरीको इटहरीबाट सञ्चालन हुन लागेको मकालु टेलिभिजनले आवश्यक जनशक्ति पुरा गर्न आधारभुत टेलिभिजन तालिम सुरु गरेको छ । तालिमको नेपाल टेलिभिजनका संस्थापक सदस्य तथा बरिष्ठ सिनेकर्मी निर शाहले उद्घाटन गरे ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै शाहले क्षत्रिय स्तरमा टेलिभिजन स्थापना हुनु खुसिको कुरा भएको बताउदै यस्ता टेलिभिजन र सञ्चार माध्यमको सामाजिक दायित्व हुनुपर्ने बताए । ‘सञ्चार माध्यमहरुको समाजिक दायित्व हुनु पर्दछ स्थानिय र राष्टिय स्तरमा सञ्चारमाध्यमले गरेका कामका विषयमा पनि बहस र चिन्तन हुनु आबश्यक छ ’ शाहले भने ‘ सञ्चारकर्मीहरुमा इमान्दारिता पनि हुनुपदर्छ ।’ उनले टेलिभिजनका लागि स्थानिय जनशक्ति उत्पादन गर्न लागेकोमा पनि खुसि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै तालिम संयोजक शिरोमणी दवाडीले चाडै प्रसारणमा आउन लागेको टेलिभिजनमा स्थानियलाई नै दक्ष बनाएर रोजगार प्रदान गर्न तालिम आयोजना गरेको जनाए । इटहरीबाट प्रसारण हुन लागेको टेलिभिजनले आयोजना गरेको तालिममा पुर्वका विभिन्न एफ एम र पत्रकारिता गरिरहेका लगायत ७० जना सहभागी छन । तालिममा शिरोमणी दवाडी, रुपेश श्रेष्ठ, विजय पौडेल, अनिता बिन्दु, रोशन बिष्ट लगायतले प्रशिक्षण दिने आयोजकले बताएको छ ।
पुर्वबाट पहिलो पटक प्रशारण हुनलागेको टेलिभिजनमा विभिन्न क्षेत्रका १७ जनाको लागानी रहेको छ । उद्घाटन कार्यक्रमा आएका निर शाहले पनि यो टेलिभिजनमा लगानी गर्ने घोषणा गरे । कार्यक्रमा टेलिभिजनले सिनेकर्मी शाहलाई सम्मान पनि गरेको छ । नेपाली सिने जगतमा योगदान पुर्याएको भन्दै शाहलाई टेलिभिजनका अध्यक्ष शिव घिमिरेले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

0 comments:

 
धन्यवाद