अनिल, विजय र डम्बरले नचाए

नयाँ बर्षको अगमनसगै शहरुहरुमा लाइभ कन्सर्टहरु बाक्लै हुन थालेका छन् । विरलै लाइभ कन्र्सट हुने इटहरीमा गएको शनिबार अनिल सिंह, विजय लामा, डम्बर नेपालीले इटहरीका युवा युवतीलाई बेस्सरी नचाए । ‘आइ लभ यु .....’ भन्दै अनिल मञ्चमा उक्लदा मञ्च अगाडीको ठुलो भिडबाट तालीको गड्गडाहट निक्कै बेर चल्यो । युवा पुस्ताको परिवेश सुहाउदो गीत गाउने अनिल सिंहले आइ लभ यु...., प्रेम पत्र ......., इन्जीन गाडीमा......, भन भन भन भन...........लगायत आधा दर्जन गीत गाए । नयाँ बर्ष २०६७ को अवसर पारेर इटहरी आइतबारेको द योङ्गब्रर्दश क्लवले आयोजना गरेको लाइभ कन्सर्टमा अनिलले गीत प्रस्तुत गरिरहदा हजारको हाराहारीमा रहेका इटहरीबासीले साथ दिएका थिए । युवा युवती त बाहिर बाट अनिललाइ नै आइ लभ यु भन्दै थिए, उनिहरु गीतमा मुग्ध देखिन्थे । कन्सर्टमा अनिलले मात्र नचाएनन् युवा युवतीलाई नखानु पानी तोम्वाको.... भन्दै विजविजयकोय लामाले सचेत पनि गराए रक्सीको चुस्किमा झुमेर सबै कुरा बिर्सनेलाई । लामाले सुनको चुरा.... र ए कान्छि ... बोलको गीत गाउदा मञ्च अगाडी बसेकाहरु उठेर नाचेका थिए । अरूका
गीतमा नाचेका इटहरीका युवा युवती डम्बर नेपालीको गीतमा भने भावुक भए । डम्बरले भेट्न मन लाग्छ तिमिलाई.......... आज आकासमा एउटा तारा देखिन......, तर अन्तिम पल्ट भेट्न आउ भन्ने गीत प्रस्तुत गरे ।
कार्यक्रममा युवा पुस्तामा चर्चित गायकहरु अनिल, विजय, डम्बरसगैं विजय सोडा र हाकीमले ¥याप गीत गाएर निक्कैबेर नचाए । साथै धरानका सिमोन र देव श्री डान्स सेन्टरको आर्कषक डान्सले कन्सर्टमा सहभागीले मनोरञ्जन लिए । कन्र्सटमा इटहरी र तरहराका आधा दर्जन बढी ब्याडको प्रस्तुति पनि मनोरञ्जनका लागि कम थिएन । कार्यक्रममा योङ ब्रदर्श क्लबले अनाथ आश्रम इटहरीका बालबालिकालाई आयोजक सस्थाले ५० हजार बराबरको खाद्यान्न र क्लवका सदस्य स्वर्गिय रबिन थापाको परिवारलाइ नगद १० हजार रुपैया सहयोग क्लवका अध्यक्ष बिकास केसीले जानकारी दिए ।









0 comments:

 
धन्यवाद