बसन्तमा पूर्वेली साहित्यिक जमघट

बसन्तको सुरुवातसगैं पुर्वमा साहित्यिक जमघट बाक्लै भैरहेका छन् । फागुन अन्तिमदेखी सुरु भएको साहित्यको जमघट यात्रा हिजो सम्म निक्कै बाक्लो रह्यो । यस पटक यो बसन्त र्सिजनाको याम भएको छ पुर्वका कवि साहित्यकारका लागि । यो डेढ महिनामा झापा मोरङ, सुनसरी र पाँचथरमा दर्जनबढी सम्झनामा रहन योग्य कार्यक्रम भए । झापाको दमकमा त्रिदेशीय गजल महोत्सवदेखी सुरु भएको यात्रा शनिबार मोरङको पथरीमा भएको झकास पुरस्कार वितरणसम्म आइ पुगेको छ । दमकमा फागुन २८ र २९ गते भएको गजल महोत्सवमा नेपनल भारत र भुटानका करिव दुइसय श्रष्टाले गजल वाचन गरे । चैत २ गते पाँथरको फिदिममा साहित्यको कुम्भ मेला नै भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति बैरागी काँइला नै कार्यक्रममा आएपछि त साहित्यकारहरुको भिड नै लाग्यो त्याँहा । त्यस कार्यक्रममा भेला भएका प्राज्ञहरु अहिले पनि त्यस कार्यक्रमको तारिफ गरेर थाकेका छैनन् । गजल मञ्च उर्लाबारीले स्थापना गरेको गजलमाला पुस्कार वितरण कार्यक्रममा गजलकारको जमघट र गजलवाचन पनि सम्झन लायकको बन्यो ।
चैत १२ गते भएको त्यस कार्यक्रममा पनि पुर्वका गजलका हस्तिहरुले गजलका नयाँ नयाँ स्वाद पस्किए । त्यस लगतै प्रतिभा साहित्य प्रतिष्ठानले जनता क्याम्पस इटहरीमा गजल प्रतियोगिता नै गर्यो । चैत २३ गतेको प्रतियोगीतामा २५ जनाले स्पर्धामा भाग लिए पनि पाँच जनालाई उत्कृट भन्न करै लाग्यो आयोजकलाई । आजकाल धेरै जसोले गजल लेखनलाई तिव्रता दिएका छन् । कार्यक्रमहरुमा पनि धेरैले गजल नै वाचन गर्ने गरेका छन् ।
लोडसेडिङको उपहार कहिले सम्म लोकतन्त्रमा
खान नपाइ मरिरा‘छन अहिले सम्म लोकतन्त्रमा ।
भुपेन्द्र तिम्सनाको गजलका यी शेर जस्तै नेपालीको वर्तमान यथार्थलाई कवि र साहित्यकारले कार्यक्रममा आफ्ना रचना र र्सिजनामा पस्कदै आएका छन् । पुर्वमा भएका अधिकांस कार्यक्रममा गजलले राम्रो ठाउ पाएको छ । पथरीमा भएको कार्यक्रममा मधु पोख्रेलले गजल गाउदै यसरी शेरमा संविधान नबन्ने आशंका ब्यक्त गरे ।
तिमिले भुल्यायौ र पो देश दुख्छ
स्वयम् मुस्कुरायौ र पो देश दुख्छ
न संविधान नया खै नया नेपाल
आशंका गरायौ र पो देश दुख्छ ।
पथरीको यो कार्यक्रम साथै फिदिमको कार्यक्रममा त नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नै आएर हौसला दिए । राजधानीका कार्यक्रमा मात्र उपस्थित हुने पहिले पहिले कुलपतिहरुको परम्परालाई तोड्दै पहिलो पटक कुलपति बनेका काइँला चैत दुइ गते पाँचथरको फिदिममा भएको बृहत साहित्यिक जमघट र चैत २९ गते मोफसल प्रकाशन सहकारीले आयोजना गरेको सि.एम कन्दङ्वा पुरस्कार वितरण गर्न उपस्थित भएर एउटा इतिहासको सुरुवात गरे । मोफसल प्रकाशन सहकारीले यस बर्ष देखी सुरु गरेको सिएम कन्दङ्वा पुरस्कार आउदा बर्षमा ५० हजार राशीको बनाउने घोषणले पनि साहित्यकारहरुमा उर्जा थपेको छ । नयाँ बर्षकै दिन आमाको सम्झनामा रचना वाचन गर्न साहित्यिक जमघट गरायो नेपाली साहित्य समाज उर्लाबारीले । श्रजकहरुले आमाको सम्मान र सम्झनामा नयाँ बर्ष मनाउन बिर्सिएर रचना वाचन गरे । प्राज्ञ कवि कृष्णभुषण बल लगायत धेरैले आफ्ना रचना सुनाएर आमालाई सम्मान व्यक्त गरे । दमक बहुमुखि क्याम्पस साहित्यिक मञ्चले त बैशाख ३ गते एउटा राम्रो कामको सुरुवात गर्यो श्रष्टालाई सम्मान गरे । बृहत साहित्यिक गोष्ठीका साथ साहित्यकारहरु केशव आचार्य, टंक विकल्प र प्रकाश आङ्देम्वेलाई सम्मान गरिएको हो । दमकको कार्यक्रम सकिन नपाउदै बैशाख ४ गते साहित्य चौतारी झापाले विर्तामोडमा अर्को विर्सनै नसकिने कार्यक्रम गरि छाड्यो । उस्ले गीतकार शिव संकर थापालाई सम्मान मात्र गरेर दार्जीलिङ्गे गायीका हिरादेवी वाइवा लाई गीत गाउन लगाएर कविहरुलाई नाच्ने वातावरण बनायो । कवितामा सशक्त देखिएका कविहरु नाचे उसरीनै । त्यस पछि एकसाता माहौल अलि शान्त रह्यो तर पनि यो विचमा स साना जमघट र छलफल भइरहे । हिजो शनिवार त्यस्तै एउटा कार्यक्रम भयो झकास पुरस्कार वितरणको । पुरस्कार वितरणको कार्यक्रम भए पनि त्यो अर्थपुर्ण रह्यो विदेशमा छरिएका श्रष्टाहरुको संस्था झकास आयोजक भएकाले । रचना वाचन जोडतोडले गरेका श्रष्टाले ११ हजार १ सय ११ रुपैया राशीको पुरस्कारले गजलमा जमेका प्रकाश आङ्देम्वेलाई पुरस्कृत गरे । पुरस्कार वितरणमा प्रा डा गोविन्दराज भट्टराइ, डा टंक न्यौपाने, प्राज्ञ कवि कृष्ण भुषण वललगायतले शनिश्चरे शरणार्थी शिविरमा सम्मान गरेका हुन् । प्रकाशलाई पुरस्कारसंगै यो यात्रा अगाडी बढीरहेको छ । यस पटकको बसन्त सकिन अझै निक्कै बाकी छ । कार्यक्रमको तालिकाहरु अझै पनि बन्दैछन् उस्तै गरि ।

0 comments:

 
धन्यवाद