सडक र सिर्जना

सुनौलो आर्शिवाद क्रान्तिकारीलाई ।

सडकबाटै भेट्नु पर्छ सत्ताधारीलाई ।
यो साता यस्तै यस्तै रचनाले मुलुकभर मुख्य शहरका सडकहरु सिर्जनामय भए । विगतका जनआन्दोलन जस्तै यो पटक सडकमा सिर्जनाले उत्तिकै ठाउ पाए । तर यो पटक फरक यत्ति भयो सडकमा भने टायर बलेनन् । टायरको धुँवा र गन्धदेखि दिक्क भएर नाक मुख पनि कसैले थुन्न परेन् । बन्द हड्तालले दुःख भोग्न परे पनि सडक साहित्यले धरैका मनमा भावनाको तरंग उत्पन्न गरायो ।
सर्जकहरु हरेक आन्दोलनमा सहभागी हुदै आएका छन् । पञ्चायती व्यवस्था होस्, चाहे पटक पटक भएका जनआन्दोलन हुन् श्रष्टाहरु उर्जा थप्न अग्रपंतीमा आएकै थिए । यसपटक माओवादीले साता भरी गरेको आन्दोलनमा देशभर धेरै सर्जकहरु साथमा रहे आनदोलनकारीलाई संम्यम बनाउदै उर्जा थप्न । इटहरीमा सहभागीता जनाएका धेरैले आन्दोलनलाई उर्जा थप्नमात्र हैन, समाजलाई सचेत गराउन समेत सडकमा रचना घन्काए । शारिरिक असक्तताका बावजुद वियोग सापकोटाले अभाव र बाध्यतालाई कवितामा बुने यसरी
चट्याङ पर्छ बाढी पस्छ
गुडैमा झाडी खस्छ
शौचालयको कुरै छाडौ
सिकुवामै पखाला खस्छ ।
सापकोटा जस्तै धरैले उपयुक्त मञ्च बनाए सडकलाई । मुलुकको परिवर्तन र सहिदका सपनालाई साकार बनाउन आम नेपालीलाई सर्मपित गर्ने रचना मात्र हैन आफ्नोपन र प्रकृतीबाट पनि टाढा रहेनन् सडक सिर्जना ।
मेरो युद्ध पछाडि ती सहिदको सपना सजेको छ ए ।
मेरो लक्ष्य पूरा हुनेछ जनता स्वाधिन बन्ने भए ।
सारा अड्चन झोस्न यो कलमको सल्क्यो अगुल्टो बनी,
मेरो बुद्धी विवेक फुल्छ अहिले लाली गुराँस मुनी ।
यो प्रतिनिधि सपना सडकबाटै सुनाए धरानका खेमराज खनालले । माओवादी आन्दोनमा सिर्जनाका कुरा यत्ति गरौ । यतिवेला आम नेपाली नागरीकको भविष्य गाँसिएको संविधान बन्दैछ । समय थारै छ काम धेरै बाँकी छ । संविधान लेख्नहरु संवेदनशिल नभएकोमा सर्जकहरु चिन्तित भएका छन् । समयमै संविधान बन्नु पर्छ भनेर माआवादीले भन्दा फरक आन्दोलन गर्दै छ किराँत राइ पत्रकार संघ सुनसरी । साताभरी धरानका चोक चोकमा सडक कविता यात्रा मनाए धरान पत्रकारहरुले उनिहरुका साथमा थिए समाजलाई बाटो देखाउने सर्जकहरु ।
सभाषदहरुले नागरिकका भावना नबुझेको कविता यात्रमा सहभागीका सिर्जनाले भनिरहेका थिए । पत्रकार जनकऋषि राईका यी शब्दहरु
तिमिले नचिने पनि गरेको नमस्ते
भारी विसाएर फर्काए
हलो जोत्न छाडेर फर्काए
गाडी रोकेर फर्काए
अहिलेको भेटमा तिमि मलाई नचिन्ने जस्तै भएका छौ ।
कविता यात्रमा सबैका रचना संविधानसभाको आसपासमा धुमेका छन् । सभाषदलाई ब्यग्य गर्न केन्द्रित छन् । जनताको मतको कदर गर्न नसकेका सभाषदलाई जसकुमार राईले त हाप्सिलो झै खतरनाक देख्ना थालेका छन् ।
हो ! हामीले मान्छे भनेर चुनेर पाठाएका मान्छे पनि
हाप्सिला बनेर फर्किरहेछन्
पुराना हाप्सिलाको साक्षात रुपमा
६०१ लाई देखिरहेछु ।
समयमै संविधान नबन्नेमा आम नेपालीमा बढेको चिन्ता धरानका चोकहरुमा श्रष्टाले छताछुल्ल पारे आन्दोलन नै बनाएर । श्रष्टा समाजको जिम्मेवार र लेखकीय धर्म भएको व्यक्ति भएकाले सडक सिर्जनाले आन्दोलनलाई उर्जामात्र नदिएर आन्दोलनकारीलाई जिम्मेवार र संयम समेत बनाउने कवि मनुमञ्जिलको तर्क छ । जे होस श्रष्टा जहिले पनि सकारात्कम परिवर्तन र संवृद्ध समाज निमार्णका लागि प्रतिबद्ध हुने आन्दोलन र सिर्जनाले स्थापित गर्दै आएको छ ।

0 comments:

 
धन्यवाद