निर्णयसगै नाचे इटहरीका बिद्यार्थी

शिक्षाको ज्योती फैलाउने अभियानमा हिडेका गायक निर्णय श्रेष्ठसगै मंगलबार इटहरीका बिद्यार्थीहरु नाचेका छन् । पुस्तक बटुल्ने अभियान थालेका श्रेष्ठ इटहरीको सेकेन्डरी बोर्डिङमा भेला भएका इटहरीका विभिन्न विद्यालयका स साना बिद्यार्थीसगै नाचेका हुन् । स्थानिय बिद्यालयले संकलन गरेका पुस्तक लिन आएका श्रेष्ठले गीत गाउदा विभिन्न बिद्यालयबाट भेला भएका बिद्यार्थीहरु नाचे मध्यान्नको घामलाई विर्सेर । निर्णयको गीतमा नाच्दा उनिहरुले जेठ महिनाको चर्को घामको वास्ता गरेनन् । ‘मेची देखी माहाकाली........ ’ गीत प्रस्तुत गरिरहदा विद्यार्थीहरु पनिसगै गीत गाउदै नाचेर साथ दिए । युवा पुस्ताको मनमा डेरा जमाउन सफल निर्णयले ‘हाम्रो गाउले जीवन हामी भन्दा टाढा.......’ गाएर झन उर्जा थपे । निर्णयका गीतले वान्समोर पनि निक्कै पायो । गीत सकेर मञ्चबाट बाहिरिदा समेत धेरै विद्यार्थीहरु वान्समोर भन्न छाडेका थिएनन् । रोटरी र रोट्याक्ट क्लवको आयोजनामा भएको कार्यक्रममा विविभन्न विद्यालयका शिक्षकहरु समेत रमाइलोगर्दै साथ दिइरहेका थिए । कार्यक्रममा सागर गौतम र अन्य स्थानिय कलाकारले पनि निक्कै राम्रो प्रस्तुती गरे । पुस्तक हस्तान्तरणको सो कार्यक्रम एउटा सांगीतिक महौल बन्यो गर्मीको यो मौसममा । पाँच वर्षदेखि शिक्षाको लागि साँगीतिक यात्रामा रहेका निर्णयले जीवनको जग बलियो बनाउन शहरहरुमा पुस्तक संकलन गरेर ग्रामिण क्षेत्रका बालबालिकालाई वितरण गर्दै आएको बताए । उनले भने ‘बालबालिकालाई राम्रो शिक्षा दियो भने मात्र उनिहरुको भविष्य राम्रो हुन्छ । त्यसैले ग्रामिण क्षेत्रका वालबालिकालाई शिक्षामा मद्दत पुगोस भनेर यो अभियान थालेको हुँ ।’ सहरमा बिद्यार्थीले पढिसकेका पुस्तक र शैक्षिक सामाग्री ग्रामिण क्षेत्रमा वितरण गरेर उपयोगमा ल्याउन सके फाइदा पुग्ने श्रेष्ठको विस्वास छ ।

0 comments:

 
धन्यवाद