दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

कतै बधशालाका कुरा, कतै रंगशालाका कुरा ।

नबन्ने भो संविधान, साच्चै यसपालाका कुरा ।


लेखिनुछ कर्णाली र राजधानी समेटेर,

उठ्ने गर्छन् त्यसैवीच, झाडा पखालाका कुरा ।


यौटा संका रहिरह्यो, बन्दैनकी संविधान,

बुझ्नै पर्ने वेला भयो, तिन्का चालाका कुरा ।


दवावका पर्राहरु, बर्षिरा’छन् हिजोआज,

आन्दोलन ढुगांमुढा, अनि भालाका कुरा ।


सधै सधै तिनीहरु, झुक्याउने खेल खेल्छन्,

कत्ति चुप लागि सुन्नु, बैमान् सालाका कुरा ।


रचना ः मिति २०६७ जेठ २ इटहरी

 
धन्यवाद