ठिटो, पुस्तक र कृति

एउटा ठिटो पुस्तक लेख्छ, बेच्छ अनि पुस्तक किन्छ र पुस्तकालयलाई दिन्छ । यो कुनै चलचित्रमा देखाइने र कथाहरुमा पढिएको नायकको कथा नभएर एउटा धनकुटे ठीटो कुरा हो । जो अभावका विच धरानमा बसेर संघर्ष गर्दैछ । उस्ले आफुले लेखेको उपन्यास बेचेर आएको रकमको केहि प्रतिशतबाट पुस्तक किन्यो र उपलब्ध गरायो पुस्तकालयलाई ।
भनिन्छ नी ! मन भए पछि अरु कुरा आफै पाखा लाग्छन् भनेर, त्यसकै उदाहण बने धनकुटाको कुरुलेतेनुपाका जीवनकुमार भण्डारी ‘अज्ञात’ । धरानको प्रभात उच्चमावीबाट विज्ञान विषयमा भर्खरै १२ कक्षा सकेका १७ बर्षे भण्डारीले लेखेको उपन्यास ‘अज्ञात मान्छेहरु’को विक्रबाट आएको रकमले किनेका पुस्तक शनिबार पुस्तकालयलाई उपलब्ध गराए । धरानको पहिचान बोकेको विमल स्मृति पुस्तकालयलाई उनले ७२ वटा नेपाली साहित्य र अन्य पुस्तक उपलब्ध गराएका छन ।
प्रतिवाद प्रकाशनले आयोजना गरेको कार्यक्रममा उनले पुस्तकालय सञ्चालक पुर्णबहादुर गुरुङलाई पुस्तक हस्तान्तण गरे । कार्यक्रममा पत्रकार हर्ष सुब्बाले सानो उमेरमा भण्डारीले उदाहरणीयकाम गरेको भन्दै प्रसंशा गरे । भण्डारीले लेखेको उपन्यासको भन्दा उनले गरेको कामको बढी प्रशंसा भयो त्यहा । पुस्तक लेखेर अनि पुस्तक बेचेर र पुस्तक नै किनेर पुस्तकालयलाई उपलब्ध गराउने उनि नै पहिलो भए । अहिले सम्म कसै पनि धरानमा यस्तोकाम नरेको कार्यक्रमा सहभागी सबैको एउटै भनाइ थियो ।
पुस्तकालयका सञ्चालक गुरुङले जीवनले जस्तै सबै युवाले साहित्यलाई माया गरे पुस्तकालयलाई माया गरे समाजले चाडो सकारात्मक परिवर्तन पाउने धारणा राखे । पुस्तका बारे सहित्यकार कृष्णधरावासीले भने जस्तै शैक्षिक बेरोजगार, विदेश पलायन, आन्तरिक द्वन्द र असमापक अर्थहिन विद्रोहले आक्रन्त मुलुकको पीडा उनको उपन्यासले बोले स्विकारे समाजसेवी मोहन श्रेष्ठ, गजेन्द्र मुखिया, पुस्पराज ढकालले पनि ।
सानो उमेरमा उनको चेतनाले गरेको कामबाट अरुले पनि पाठ सिक्नु पर्ने पत्रकार सुब्बाको भनाइ छ । भण्डारीले आफु आर्थिक रुपमा कजोर हुदा हुदै पनि पुस्तकबाट आएको रकम पुस्तकालयका लागि खर्च गर्नु सच्चिकै अनुकरणीय काम हो भन्न कार्यक्रममा कसैले हिच्कीचाएनन् । पुस्तकालयले समाजमा शिक्षाको ज्योती छर्न सगाउने भएकाले आफुले पुस्तकालयलाई पुस्तकहरु किनेर सहयोग गरेको बताए । मानिसले खचाखच सानोहलमा यसो भनि रहदा उनको उनुहारको चमक वेग्लै थियो ।
धनकुटे ठिटोलाई यही थाती राखौ बाकी कुरा समयले फेरी ल्याउने छ नै । ‘...त्यसपछि मलाई सोध’ पुर्वको पहिचान बनाउने गजल संग्रह लिएर आएको अर्को ठिटो हो यमन सुवेदी । गएको शुक्रबार झापाको दमकमा चर्चा भयो उस्कै गजलको ।
विपक्षमा हैन पक्षमै लुटिएं म ।
सबै मीठा मीठा लक्षमै लुटिए म ।

सपना देखाएर लुटनेहरुको कुरा गर्ने यमनले माया परितीको कुरा धेरै गरे भने । उनको कृतिमाथी चर्चा गर्नेहरुले । दमक क्याम्पस साहित्यीक मञ्चले आयोजना गरेको कृतिमाथीको अन्र्तक्रियमा यमनका गजलमा पाइएका रक्सि र भट्टीका कुरा पनि उठे अनि माया र पिरतीमा मिसिएको देशको चिन्ता पनि उठे । यस्तै यस्तै कुरा गरे मायामितु न्यौपाने, उपेन्द्र सुब्बा, प्रकाश आङ्देम्वे,मुनराज शेर्मा, मणीकमल क्षेत्री, शिव प्रणत लगायतले यमनका गजलको । अनि दुइ दर्जन श्रष्टाले रचना पनि सुनाए ।
पुस्तक वितरण होस् या कृतिमाथीको अन्र्तक्रिया सहित्यका लागि दुबै उत्तिके छन् । साहित्यलाई माया गर्नेहरुको जमात बढाउन पनि यस्ता कार्यक्रम भैरहनु पर्छ । अनि एक दिन साहित्यले पनि यमनले मायालुलाई भने जस्तै भन्न पर्ला यसैगरि
धुलो छुन्छौ फूल बनाउछौ, धुलै फूलको खानी हुन्छ ।
मलाई नछोउ छोयौ भने छौइरहने बानी हुन्छ ।

1 comments:

Neplee said...

ramro karya.

 
धन्यवाद