खोटाङे बिद्यार्थी, सम्मान र सुकुना

र्निधारित समय भन्दा निक्कै ढिलो भएछु । म पुग्दा त कार्यक्रम आधा आधि सकिएछ । दुइजनालाई अघि नै सम्मान गरिसकिएको रहेछ । आधा भागमा पुग्दा कार्यक्रमको मज्जा भन्दा नमज्जा लाग्यो मलाई ।
धरानमा एउटा ठिटोले उपन्यास लेखेर बेचेर आएको पैसाले किनेका पुस्तक पुस्तकालयलाई दिएको कार्यक्रम सकेर फर्किदा खोटाङे विद्यार्थीले सुकुनामा आयोजना गरेको कार्यक्रममा म यसरी ढिलो भए । मलाई कार्यक्रम सकिदा सम्म नमज्जा लागि रह्यो ।
म पुग्दा सम्मान सकिएर रचना वाचन जोडतोडले चलिरहेको थियो । कसैले गजल सुनाए कसैले कविताले उचाले र कसैका मुक्तकले समाते भेलाभएका साहित्यनुरागीका मनहरु । आजकाल प्रायजसो कार्यक्रममा रचना वाचनले निक्के ठाउ पाउन थालेको छ । आफ्ना रचनाहरु धेरै सामु भन्न पाउदा सर्जकहरु पनि दङ्ग पर्दै आएका छन् ।
भावनाको गहिरो लहरमा डुवेका सर्जकहरुले विज्ञानको अविस्कार भन्दा पहिले नै कल्पनाको अविस्कार गर्दै आएका छन् । सिर्जनामा लेखिएका नयाँ कुरा जन्माउन नै बैज्ञानिकहरु पनि प्रयासरत छन् र धेरैमा सफलता पनि पाएका छन् । तर विज्ञानले भावनाका कुरा गर्दैन तथ्यमात्र बोल्छ । साहित्यले यथार्थ सगै भावना पनि सङ्गाल्छ । नविन प्राचिनका यी हरफहरु यस्कै उदाहरण बन्न सक्छन् ः
खोलाले उनिहरुको पसिना र आँशु
आफु सँगै बगाएर लग्यो
सायद,
यसरी नै
असंख्य मानिसहरुको पसिना र आँशु
खोलाले आफु सँगै बगाएर
समुद्रमा मिसाउने भएर नै होला
समुद्रको पानी नुनिलो भएको ।
अदृष्य गोरेटोको त्रैमासिक पत्रिका चौथो बर्ष बिशेषाङ्क निकालेको अवसरमा सुकुना बहुमुखि क्याम्पसका खोटाङे विद्यार्थीहरुले पुर्वमा स्थापित देखि नव सर्जकहरुलाई भेला गराए र यस्तै उर्जाशिल माहौल सिर्जना गरे । त्यही माहौलमा धेरैले यस्तै सिर्जनाहरु पस्किए । ती सिर्जनाहरु पुरानो पुस्ता र युवा पुस्ता अनि नयाँ सर्जक र पुराना रचनाकारहरु विचको खाडल भेटाउने मात्र नभएर प्रकृति र प्रविधिमा उत्तिकै लहसिएका मानिसवीच सम्बन्ध स्थापित गर्न जोड पुर्याउने थिए । यो प्रविधिले किच्तै गरेको दुनियामा प्रकृतिलाई मेचि पुत्रले गजलमा बुने यसरी ः
उत्तेजित छ हावा जर्वजस्ति र्गछु भन्छ ।
कामुक छ पानी तिम्रै अघि र्झछु भन्छ ।
प्रकृति हो छाडा छ सबैलाइ थाहा छ,
इश्यालु छ जुन धर्ति मै र्झछु भन्छ ।
मानिस मानिसवीच बढ्दै गइरहेको फाटो र सबैले आ आफ्नै विचार र भावना अरुलाई लाद्न तल्लिन वर्तमान विश्व परिवेशसंग दाजेर मानिसको परिवर्तनशिल मनलाई सर्जकले छुट्टै तरिकाले प्रस्तुत गर्न थालेका छन् । आफ्नो स्वार्थका लागि मानिसहरु आफ्नैलाई वेवास्ता गर्न थालेकोमा चिन्तित छन् जीवी गजल
यौटा हुन्छ सीताको मन ।
अर्कै हुन्छ गीताको मन ।
सन्तानको कुभलो सोच्ने,
भयो मातापीताको मन ।
यस्ता धेरै सिर्जनाहरु जुन मानिसको सोचाइ भन्दा फरक लग्छन् तर यथार्थ छन् । कार्यक्रममा सुनाइएका, वाचन गरिएका अझै धेरै रचनाहरु स्मृतिमा रहेका छन् तर सबै यहा उल्लेख गर्न पनि सम्भव भएन् । सुकुनाका खोटाङे विद्यार्थीको माया दोसल्ला र कदरपत्रमा संगालेर सम्मानित भएका प्रकाश आङ्देम्वे र ज्योती जंगलमात्र नभएर मनु मन्जिल, गण्डकी पुत्र, सविता गौतम दाहा, हेमन यात्रीलगायतका रचनाले सुकुनाको वातावरण साहित्यीक भयो अधिल्लो शनिबार ।
यी स्थापितमात्र हैन सुकुना क्याम्पसमा अध्ययन गर्दै गरेका थुप्रै विद्यार्थी सर्जकहरुले जोडदार सिर्जनाहरु पस्किए सबैका सामु । सिर्जना सुनेर बसेका क्याम्पसका प्रमुख पितकुमार श्रेष्ठ र त्यहि क्याम्पसमा प्राध्यापन गरेर अबकाश पाएका कवि उपेन्द्र पागलले विद्यार्थीका रचनाको निक्के प्रसंशा गर्न भ्याए । उनिहरुले सुकुनाका सर्जकलाई सुकुनाका फूल, ज्योती र यस्तै यस्तै भन्दै थिए ।

0 comments:

 
धन्यवाद