रंगमा बिष्थापनका पीडा


सिर्जनशिलता कहिल्यै बन्धक हुदैन र लखेटिदैन भन्ने उदाहरण पेश गर्नलाई थुप्रै प्रमाणहरु छन् मसंग । तर अहिले ती प्रमाणहरु पेश गरेर यहाँ उठाउन खोजेको बिषयलाई अन्याय गर्ने पक्षमा पनि म छैन् । यो पृष्ठमा सधै कलमका कुरा लेख्दै आएपनि आज भने कुचीका कुरा गर्दैछु । अनि बन्धक बन्नु र लखेटिनुको पीडा बोकेर बाँच्न बाध्य पारिएका सिर्जनशिल मनहरुको कुरा गर्न पनि मन लागेको छ ।
आफ्ना सारा पीरहरु रंगमा घोलेर बिम्ब र प्रतिकमा छर्लङ्ग पार्ने ती सर्जकहरुलाई स धन्यवाद सलाम गर्ने इच्छा जागेको छ । रंग र मसीमा सजिएका सिर्जनाहरुको मुल्य सोध्ने आँट नै कस्ले गर्न सक्छ र ? सबैलाई लागेको होला ती चित्रहरु जस्मा आफ्ना भएभरका पीडाहरु समेटिएका छन् ती लगेर आफ्नो संग्रहमा समेटुला । तर ति सिर्जनाहरु कसैका नभएर सबैका भएका छन् । सर्वजनिक सम्पत्ति बनेका छन् । झपाको दमक यस्तै एउटा कला र कलाकारलाई हुर्काउने र उत्प्रेरण साथै माया गर्ने थलोका रुपमा विकशित हुदैछ ।
यसैक्रममा गएको आइतबार विश्व शरणर्थी दिवसको अवसर पारेर दमकले यस्तै कलाकारहरुको जमघट गरायो । जो आफ्नो भुमिबाट लखेटिनुको पीडा बोकेर शरणार्थी जीवन बाँचिरहेका छन् । रंगमा जिवन भर्ने यस्ता कलाकारले अन्तराष्ट्रिय श्रष्टा मञ्च र गन्तब्य थिएटरले आयोजना गरेको रंगमा विष्थापन बिम्ब चित्रकला प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरे । उनिहरुको चित्रमा रंगको संयोजनमात्र थिएन । शरणार्थीहुनुको पीडा छर्लङ्ग थियो । कसैका चित्रमा लखेटीनुको पीडा ओकलीएका थिए । कसैका चित्रमा विष्थापीत जिवनमा अभाव र दर्दहरु समेटीएका पाइन्छन् । विदेशीको सहायतामा बाँच्नु परेको जीवनका अनेकौ पक्षहरु चित्रहरुले बोलेका छन् ।
एक दर्जन बढीकलाकारले बनाएका चित्रमध्ये शनिश्चरे शिविरकी गुना सुनुवारले बनाएको चित्रलाई निर्णयकले प्रथम घोषणा गरे । त्यस्तै बेलडागी सिविरका राजन गुरुङ्ग दोस्रो र शनिश्चरे शिविरकै देउकुमार राई तेस्रो भए । भुटानी समाचार सेवाको सहयोगमा भएको कार्यक्रममा सहभागी सबैलाई आयोजकले एक एकवटा ब्रस सेट उपलब्ध गराएको थियो ।

0 comments:

 
धन्यवाद