कलालय र दही चिउरा

त्यहाँ कुनै रोपाइ थिएन । न त हिलो खेत नै । तर एक दर्जन बढी तन्नेरीहरु दही चिउरा खाइ रहेका थिए । सहरको एउटा कोठा जहाँ बर्षाको कुनै पर्वाह छैन् । नत बर्षाले असर नै गरेको छ त्यहा । त्यसै ठाउमा तन्नेरीहरु भेला गराएर नेपालीहरुको एउटा पर्वका रुपमा मनाउन हौस्याएको छ असार पन्ध्रलाई कलालयले । गाँउहरुमा तन्नेरीहरु हिलो छ्यापा छ्याप गर्दै तन्नेरीहरु मंगलबार असार पन्ध्र मनाइ रहदाँ यता इटहरीमा थुप्रै तन्नेरीहरु सुकिला मुकिला भएर एउटै कोठामा बसेर दही चिउरा खाइरहेका थिए । कलालयको लामोहलमा चारै तिर बसेका युवा युवतीहरु आपसमा गफ गाफमा मसत थिए । साउण्ड सिस्टमा बजेको असारे गीतले हिलोमा नगए पनि त्यहा प्रत्यक्ष सहभागी गराएको महसुश गराउथ्यो । कहिल्यै धान रोपेको अनुभव नबटुलेकाहरुले भने के सोचे थाहा छैन् । तीनिहरु नै सायद गफमा मस्त थिए होलान् । दही चिउरा खाइ सके पछि पत्रकार सोम बास्तोलाले भने ‘गज्जबले खाइयो दही चिउरा । धन्यवाद है कलालयलाई ।’ कलालयको काम साच्चिकै उदाहरणीय भएको भएको बास्तोलाले बताए । अर्का पत्रकार हिमाल दाहाल पनि यस्ता प्रकारका कार्यले शहरमा बसे पनि गाँउमा गरिने र मनाइने संस्कारको संम्झना मात्र नगराएर संरक्षणमा पनि सहयोग पुग्ने धराणा राख्छन् ।किसानहरुका लागि निक्के महत्व बोकेको यो पर्ब आजकाल पहिले भन्दा कमैले महत्व दिने भएकाले यस्लाई तन्नेरीहरुमाझ जोगाइ राख्न पनि इटहरीका तन्नेरी पुस्तालाई दहीचिउरा ख्वाएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए । उनले भने ‘हामीले आफ्नो संस्कारलाई बाचय राख्यो भने मात्रै आफ्नो अस्तित्व रहन्छ । त्यसैले हामीले इटहरीका सञ्चारकर्मी कलाकारलाई भेला गराएर असार पन्ध्र मनाएका हौं ।’ उनले थपे ‘हामीले इटहरीका पत्रकार र कलाकार सबैलाई बोलाएका थियौ । तर युवा पुस्ताको जमघट बढी भयो यस्ले झन हामीलाई हौसला दिएको छ । हामीले संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने पनि त युवालाई नै हो नी । ’

0 comments:

 
धन्यवाद