विश्वकपले फेरेको दैनिकी

बेलुकी आठ बजे खाना खाएर पढ्न बस्ने फडिन्द्रको दैनिकि अहिले फेरीएको छ । उनी अहिले सात बजे नै खाना खान्छन् र लाग्छन् साथीहरुसंग मिलेर फुटवल हेर्न । बी ए तेस्रो बर्षको परिक्षाको तयारी गरिरहेका फडेन्द्रकार्की मात्र नभएर बि बि एस तेस्रो बर्षको परिक्षाको तयारीमा जुटेका रामकृष्ण थापा, लक्ष्मण कार्की, नवराज पौडेललगायतका युवाहरुको दैनिकी विश्वकप फुटवलले फेरिदिएको छ । साझ पढ्ने र विहान पनि चाडै उठेर पढ्ने उनिहरु आजकाल बेलुकी देखि रात वित्न लाग्दा समेत फुटवल हेर्न मै ब्यस्त हुन्छन् । दैनिक दुइवटै खेल हेर्ने उनिहरु आजकाल भने विहान अवेर सम्म सुत्छन् । तर दुलारीको एक नीजि बिद्यालयमा पढाउदै आएका फडिन्द्रलाई भने विहान अबेर सम्म सुत्ने रहर हुदा हुदै पनि उठ्नु पर्छ । उनि विहानको सट्टा पढाइसकेर आएर दुइ घण्टा सुत्न भ्याउछन् । फुटवलले गर्दा पढ्न र पढाउन पनि समस्या भएको उनको भनाइ छ । पढाइ छाडेर किन फुटबल हेर्नु पर्यो ? उनको जवाफ थियो ‘अब चार बर्ष सम्म हेर्न पाइदैन विश्वकप त्यै भएर हामी सबै खेल हेर्छौ । खेल हेर्नुको मज्जा पनि छुट्टै छ नी त ।
’विश्वककप सकिए पछि सबै समय पढाइलाई दिने योजना बनाएर खेल हेर्न थालेको रामकृष्ण बताउँछन् । साउन तेस्रो साता देखी सुरु हुने परिक्षाको तयारी विश्वकप सकिए पछि मात्र सुरु गर्नेमा उनिहरु एकमत भएका छन् । फुटवल प्रतिको मोहले पढाइ भन्दा खेलालाइ ध्यान दिएको उनिहरुको भनाइ छ । साथी भाइ एकै ठाउमा बसेर हेर्दा निन्द्राको अनुभव पनि नहुने भएकाले सामुहिक रुपमा खेल हेर्नुको मज्जा निक्कै भएको लक्ष्मण कार्कीको भनाइ छ । इटहरीको आइतबारेमा स्थानिय युवा कल्वले प्रोजेक्टरमा पर्दामा बिश्वकप देखाउने ब्यवस्था मिलाए पछि त युवाहरुलाई जमघट हुन झन सजिलो भएको छ ।
सयौ युवाहरु एकै ठाउमा जमघट भएर फुटवल हेर्छन विच बाटोमा बसेर । इटहरीका यी युवामात्र हैन । पुर्वका अन्य बजारहरुमा पनि युवाहरु यसरी नै जमघटमा फुटवल हेरिरहेका पाइन्छन् । मोरङको उर्लाबारीमा भिजन अनलिमिटेडले २० वर्गफीटको पर्दामा खेल प्रत्यक्ष देखाउने ब्यवस्था गरेको छ । दुइहजारको हाराहारीमा युवाहरु राजमार्गको आसपासमा बसेर फुटवलको आनन्द लिइरहेका पाइन्छन् । राजघाट देखि फुटवल हेर्न उर्लाबारी आएका रमेश राइ सामुहिक रुपमा फुटवल हेर्दा बिछट्टै रमाइलो हुने बताउँछन् । भिजन अनलिमिटेडका अध्यक्ष राजु लामाले पर्दामा फुटवल देखाएर युवाहरुलाई खेल प्रति आर्कशण बढाउन हौसला थपेको बताए ।
घरमा एक्लै बसेर हेर्नु भन्दा धेरै जना बसेर खेल हेर्न रमाइलो हुने भएकाले सबैलाई रमाइलो बनाउन प्रोजेक्टरले पर्दामा खेल देखाएको उनले बताए । तर मौसमले साथ नदिएका दिन खुल्ला ठाउमा भएकाले खेल देखाउन नसकिने उनले सुनाए । धेरै युवाहरुले साथी साथी वीचमा राष्ट्र राष्ट्रको पक्ष लिइ बाजी लगाएर हेर्ने गरेका छन् । यसरी बाजी थापेर फुटवल हेर्दा बढी आनन्द आउने उनिहरुको भनाइ छ । कसैले हेरिरहेको खेलमा बाजी लगाएका छन् भने कसैले विश्वकपको उपाधी कस्ले लाने भन्ने बाजी थापेका छन् । हेरेकै दिनको खेलमा धेरैले बाजी मारिसकेका छन भने विश्वकपको बाजी कस्ले मार्ने हो त्यो हेर्न भने फाइनल सम्म कुर्नै पर्ने हुन्छ ।

0 comments:

 
धन्यवाद