साना पुस्तक, सेवक र हाइकु

धेरै कविहरुले ठुला ठुला कृतिहरु प्रकाशित गरेका छन् । काव्य महाकाव्य लेखेर धेरै महाकवि भए । सहित्यमा आफुलाई तिनै कृतिका माध्यमबाट स्थापित गराएका छन् । भौतिक शरिर छाडे गएपनि उनिहरु अमर छन् शताब्दियौ देखि यहाँ ।

सुचना र सञ्चारको बढ्दो प्रयोगसगैं मानिसहरुको ब्यस्तता पनि बढ्दो छ । मानिसलाई ठुला र धेरै भन्दा साना थोरै कुराहरुमात्र पढ्ने फुर्सद छ आजकाल । ब्यस्त मानिसहरुलाई पनि साहितय चाहिन्छ नै त्यसैका लागि त जापानीहरुले हाइकु लेख्न सुरु गरे । त्यही हाइकुलाई हामी पनि माया गर्न थालेका छौ । आफ्नै बनाउने प्रयासमा जुटेका छौ । नेपाली साहित्यमा कलम चलाउने धेरै साहित्यकारहरु हाइकु सिर्जनामा लागेका छन् ।
गोरु गाडीमा
जन्ती जाने बेहुला
ढुक्क देखिन्छ ।
नेपाल र नेपालीको बर्तमान अबस्थालाई यो हाइकुले ट्याकै भेट्टाएको छ । थोरै शब्दमा सिमित हाइकुका कृति पनि अरु कृति भन्दा धेरै साना हुन्छन् । त्यो हाइकु लेख्ने इरान राइ सेवक अहिले नेपाली हाइकुका अगुवा जत्तिकै भएका छन् । नेपालीमा हायकु लेखिन थालेको धेरै भए पनि पुस्तक निकालेर चर्चामा आउने सेवक नै हुन । उनका पुस्तक अरु पुस्क भन्दा धेरै सानो भएकाले पनि उन्को चर्चा बढी भएको हुनुपर्छ ।
बिजुली किन्छ
पानीको धनी देश
नदी बेचेर ।
देशको पीडा र जनताका ब्याथा हाइकुमा ओकल्ने सेवकले पछिल्लो पटक दहीचिउरे हाइकु संग्रह प्रकाशित गरेका छन् । दुइ दशमलब ५ सेन्टिमिटर चौडाइ र ३ सेन्टिमिटर लम्बाइ भएको दहीचिउरे विश्वकै सबै भन्दा सानो कृति हुन सक्ने उनको अनुमान छ । यस अगाडी दहीचिउरे भन्दा थोरै ठुलो साइजमा संकटकाल हाइकु संग्रह साथै झण्डा कविता संग्रह समेत प्रकाशित गरिसकेका छन् । उनका हाइकु र कवितामा देश र समसामयिकता नै मुख्य विषय बन्ने गरेको छ । झण्डा कविता संग्रह झण्डाकै आकारमा निकालेका सेवक भन्छन् ‘राष्ट्रियता र झण्डा प्रतिको मोहले त्यो संग्रह निकाले थिए । अनि नेपाली हरुको आफ्नै मौलिक बिधाको प्रयोगका लागि पनि झण्डा कविता संग्रह हो ।’
भोजपुरको दिलपामा जन्मिएर सुनसरी र मोरङमा हुर्किएका सेवक अहिले शिक्षाको सेवा गरिरहेका छन् । स साना नानीहरुको भविष्य निमार्णका लागि जुटेका छन् मोरङको वेलबारीमा । बेलबारी अासपासका बालबालीकालाई शिक्षाको उज्यालोमा अगाडी बढ्न मद्दत र्पुयाइ रहेका सेवक शिक्षा र साहित्यको सेवक बनेका छन् । अझ भनौ हाइकुको त सच्चा पहरेदार नै भएका छन् । उनका हाइकुले समाजको चित्र उतारेको छ ।
भत्केको पुल
यात्रु हिडेर तरे
गाडी पौडियो ।
०४१ साल देखि सिर्जनाको यात्रामा यात्रारत सेवकका साना पुस्तकमा समेटिएका गहकिला हाइकुहरु सबैलाई छुने भएका छन् । उनि देशलाई अर्निणयको बन्दि बनाउने र गफमात्र धेरै गर्ने नेताको उछितो काड्छन् र हाइकु बुन्छन् ।
गाउँमा उही
राजधानीमा उही
दहीचिउरे ।

0 comments:

 
धन्यवाद