भानु जयन्ती, पुरस्कार र साहित्यिक जमघट

मानिसलाई हरेक काम गर्न कुनै न कुनै बहाना चाहिदो रहेछ । यस पटकको भानु जयन्ती पनि यस्तै बहाना भएको हुन पर्छ पुर्वका साहित्य पारखीका लागि । विगतका बर्षहरुमा भन्दा यस बर्ष पुर्वमा साहित्यका जमघट बढी भएका छन् । इटहरी साहित्यिक समुहले मंगलबार आयोजना गरेको प्रभात फेरीलाई लगातार परेको बर्षाले अवरोध र्पुयाएपछि दिउसो बिषेश साहित्यिक गोष्ठि गरेको थियो । गोष्ठिमा प्राज्ञ कवि कृष्णभुषण वल, प्रा डा टंक न्यौपाने, प्रा डा बद्रीविसाल पोखरेल, कवि मनुमन्जिल लगायतले भानुभक्तको जीवनी र कृतिका बारेमा चर्चा गरेका थिए । भने दुइ दर्जन बढी कवि कवयत्रीहरुले रचना सुनाएका थिए ।
कार्यक्रममा उपस्थित भएका बृद्ध चौतारीका सदस्यहरुले साहित्यिक कार्यक्रम सगै उनिएको संगितिक कार्यक्रममो स्वाद अरुले भन्दा मज्जाले लिएको भान हुन्थ्यो । बृद्ध चौतारिका सदस्यहरु ध्यान दिएर कार्यक्रम अवधीभर बसेर हेरे ।
त्यसैवेला प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले नेपाली साहित्यमा योगदान गर्ने चार व्यक्तित्वलाई प्रतिभा पुरस्कारबाट सम्मान गरिरहेको थियो । नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने कैलाली धनगढीका मनिराज जोशी तथा पुजा खण्डकाव्यका लेखक विराटनगरका सोमराज अभयलाई प्रतिष्ठानले साहित्य र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै प्रतिष्ठानले दुबै व्यक्तित्वलाई 25/२५ हजार रुपैया राशीको पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई भाषा साहित्यकार बालकृष्ण पोखरेलले सम्मान पत्र प्रदान गरे । युवा कवि कविराज पोखरेल र गोकुल अधिकारी पनि सोही कार्यक्रमा षडानन्द प्रतिभा पुरस्कारबाट सम्मानित भए । उनीहरुलाई ५ हजार रुपैया नग तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो । त्यसै अवसरमा आरती पोखरेलको धरातलमा उभिएर नामक गजल संग्रह प्रमुख अतिथि वालकृष्ण पोखरेलले बिमोचन गर्न भ्याए ।
वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुदीरम्घामा जन्मिएका आदिकवि आचार्यले रामायणलाई नेपनेपालीलाई एकतामा बुन्न ठुलो गुन लगाएका छन् । त्यै भएर त अहिले पनि उनको सम्झनामा सम्मानमा यत्रा कार्यक्रम भैरहेका छन् । बुधबार उनकै सम्मानमा महिला साहित्यकार मञ्च धरानले तीनजना श्रष्टालाई सम्मान मात्र गरेन भानुभक्त आचार्य र महिलाको स्थितिबारे छलफल समेत चलायो । धरानमा रहेर नेपाली साहित्यमा योगदान पुर्याउने कुन्ता शर्मा, अम्बिका शाक्य र पुर्ण बहादुर गुरुङंलाई सम्मान गरेको हो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो ।
डा खेम दाहालले भानुभक्त र महिलाको स्थिति बारे कार्यपत्र प्रस्तुत गरेका थिए । दाहालको कार्यपत्रमाथी प्रा डा टंक प्रसाद न्यौपानेले टिप्पणी गरे । सुनसरीका अधिकासं साहित्यकारहरुको सहभागीता रहेको कार्यक्रममा सुनसरीका दुइदर्जन श्रष्टाले आफ्ना रचना सुनाएका थिए ।
भानुकै सम्मानमा बिहिबार साहित्य चौतारी झापाले आफ्नो ११ औ बार्षिक उत्सव मनाउनेकाम मात्र नगरेर साहित्यका पारखीलाई एउटा उर्जा थप्ने काम गर्यो । विष्णुकुमार भट्टराइलाई साहित्य सेवा सम्मान, दोर्ण कुमार उपाध्यायलाई डिकमान विरही स्मृति पुरस्कार, भारती राइ भिष्मलाई जेवी आले स्मृति फोटोग्राफि पुरस्कार र विमला चिमरियालाई नव प्रतिभा साहित्य पुरस्कारले सम्मान गर्यो । कार्यक्रममा प्राज्ञ डा गोविन्दराज भट्टराइले पुरस्कार वितरण गर्नु भयो । संगितमय कार्यक्रमा गीत गजल र कविताहरुले साहित्यमा लागेका हरुलाई उर्जामय वतावरण वनायो ।
त्यसै अवसरलाई सदुपयोग गर्दै भुटानी सरणार्थी सिविरमा रहेर नेपाली साहित्यलाई माया ममता बाढ्दै या आत्मसाथ गर्दै आएकी सञ्जु गिरीले गजल संग्रह चोइटिएको जुन सार्वजनीक गराइन् । नेपाली भाषालाई जनजिव्रोमा ल्याउन घाँसीलाई प्रतिक बनाएका भानुभक्तले संस्कृतमा रहेको रामायणलाई नेपालीमा उल्था गरेर नेपाली भाषाको बिकास र प्रचारप्रसारमा योगदान पुर्याएका थिए । साथै रामायणले विभिन्न धर्म, जातजाति तथा भाषाका बीचमा एकताको भूमिका निर्वाह गरेको मानिन्छ । उनका रामायण, रामगीता बधुशिक्षा, प्रश्नोत्तरमाला, भक्तमाला, लगायतका फुटकर कविता प्रकाशित छन् ।
उनैको समझनामा शुक्रबार पनि विराटनगरमा चेतन प्रतिभा उन्नयन तथा संरक्षण प्रतिष्ठान नेपालले बिराटनगरमा विश्व साहित्यमा उत्तरआधुनिकताको सन्दर्भ र समकालिन नेपाली लेखन बिषयक गोष्ठि गर्यो । साहित्यमा किनाराचेतको केन्द्रीकरण हुँदा सृजनाहरु छाँयामा पर्ने र लेखकहरुप्रति न्याय नहुने गरेको त्यस अवसारमा सर्जकहरुले बताएका छन् ।
प्राध्यापक डा. गोविन्दभट्टराईले विश्व लेखन यतिबेला काला, नारी, पिछडिएका, जनजाती, तथा सहानुभुति तर्फ केन्द्रीत भइरहेकोले लेखकहरुमाथि न्याय नहुने चिन्ता बढ्न थालेको बताएका थिए । विश्वमा विद्युतीय तरंगले साहित्य क्षेत्रमा पनि विविधप्रकारका असर परेको भन्दै साइवर साहित्यले सिटिजनको ठाँउमा नेटिजनको विकास गर्दै लगेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा भाषा साहित्यकार बालकृष्ण पोखरेल, प्राज्ञ कृष्णभुषण बल, दधिराज सुवेदी, गंगा सुवेदी, कोषराज रेग्मी लगायतका सर्जकहरुको सहभागिता रहेको थियो ।

0 comments:

 
धन्यवाद