फेसबुक, स्रष्टा र सिर्जना

को आउँछ ? को जान्छ ?
फेसबुकलाई के थाहा ?
हामी पो याद गर्छौ, आफ्ना प्रिय मनहरुको ।
सामाजीक सन्जाल फेसबुकमा शुक्रबार प्रकर अन्तरले लेखेको स्टाटसको एक अंस हो यो । हो पनि फेसबुक अहिले इन्टरनेटमा पहुँच राख्ने सबैको भएको छ । जस्लाई जतिवेला मन लाग्यो घुमिहाल्न पर्ने ।
सुचना र प्रविधिको यो युगमा मानिसका हरेक क्रियाकलाप यसैमा जोडिएर आउँछन् । सुचना र प्रविधिको सदुपयोग गर्नेकालागि फेसबुक अहिले सबैको साझा भएको छ । हरेका क्षेत्रका ब्यक्तिले यसलाई उपयोग गरिरहेका छन् भने धेरैले मनोञ्जनको साधन समेत बनाएका छन् । कलम चलाउनेहरुका लागि त फेसबुक अरुलाई भन्दा धेरै उपयोगी भएको छ । कथाकार कुसुम ज्ञवाली भन्छन् ‘नेपाली साहित्यिक पत्रिकाबढीमा दुईहजार प्रति छापिएलान् । तर फेसबुकमा एकै पटकमा हजारौ समक्ष पुग्न सकिन्छ । प्रकाशनको समय कुर्नु पर्ने झण्झट पनि छैन् ।’ प्रकाशन संस्थालाई सर्जकहरुले आफ्ना सिर्जना छपाउन गर्नु पर्ने चाकडीको पनि यस्ले अन्त्य गरेको सर्जकहरुलाई लागेको छ । आफ्नो विचार स्वतन्त्र रुपमा अरु समक्ष पु¥याउन समेत यो कोशेढुगां भएको छ । यसैको फाइदा लिदै तिजको सम्झनालाई कवितामा सुविसुधा आचार्यले फेसबुकबाट पोखिन्
तिज आयो भन्छ चरी रमाउँदै बनमा ।
म अभागी चेलीको पिर छ मनमा ।
बोलाउने आमा छैन् लिन आउँने दाइ छैन,
धेरै भयो माइतीघर जान पाइ छैन ।
प्रविधिसंग साइनो गास्ने थुप्रै नेपाली श्रष्टा फेसबुकको जालो भित्र जेलिएका छन्, देशका कुना काप्चामा रहेर होस् या सात समुन्द्रपारीका देशहरुमा छरिएर । सबैको भावना साट्ने एउटै थलो बनेको छ फेसबुक । गजलकार प्रकाश आङ्देम्बेलाई फेसबुक सर्जकहरुका लागि यौटा बृहत चौतारी झैं लागेको छ । उनि भन्छन् ‘देश विदेशमा रहने र बर्षौदेखि सम्पर्क बाहिर रहने सर्जकहरुका रचना त्यहि चौतारीमा साटा साट हुन्छ, छलफल हुन्छ र माझामाझ पनि हुन्छ । जस्ले गर्दा एकातर्फ लामो समय हराएका सर्जकहरुका रचाना पढेन पाइएको छ भने अर्कातर्फ रचना माझ्ने काम पनि भएको छ । साथै सर्जकहरु विचको घरातलीय दुरीपनि घटेको छ ।’ घरातलीय रुपमा टाढा भएकाहरुको पीडा समुन्द्र पौडेलले फेसबुक चौतारीमा बिसाएका छन् ः
गर्मिको याम, तातो यो हावा बाँचु म कसोरी ?
रुवाइ मन, पिएर आँशु हाँसु म कसोरी ?
आशु, लिएर यहाँ बस्न भो कठिन,
हजारौ कोशको यो पापी दुरी नाँसु म कसोरी ?
प्रयोगसंगै सर्जकहरुले आफ्नो गतिलाई तिव्रता दिएका दिएका छन् । लेख्ने बित्तिकै हजारौ समक्ष पुग्ने र तत्काल प्रतिक्रिया आउने भएपछि उत्साहीत नहुने कुरै भएन् । सहित्यिक पत्रिका तथा पुस्तकमा प्रतिक्रियाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाइै फेसबुकले मुक्त पारेको छ । ‘नयाँ श्रष्ट्रा र लेख्नलाई सहि बाटो नभेट्टाएका सिर्जनशील र क्रियाशील मनहरुलाई फेसबुक साच्चिकै उपयोगी छ, साहित्यकार रमेश पौडेल भन्छन् —‘बिधागत जानकारीको अभाव भएकाहरुलाई बिधाबारे जानकारी लिन, अग्रजहरुबाट बुझ्न सजिलो भएको छ । साहित्यका विभिन्न विधामा सचेत हुदै क्रियाशिलता बढाउन समेत यस्ले मद्दत गरेको छ ।’ तर सावित्रा काफ्ले भने धेरै नेपालीमा इन्टरनेटको पहुँच नभएकाले फेसबुक नेपाली साहित्यको जागरणमा त्यति धेरै फाइदा नपुर्याउने बताउछिन् । उनको विचारमा फेसबुकमा सकारात्मक टिप्पणीमात्र मन पराइन भएकाले सिर्जनशिलतामा पनि त्यति फरक पार्दैन, त्यसैले यो सिर्जना थोरै पाठकहरु समक्ष पु¥याउने माध्यममात्र हो ।
सन्ध्याको घाम
क्षितिजमा हराउँदा
एकलासमा यी लाइनहरू लेखिरहेछु
आँखाको सामिप्यमा
एउटा युग बहुरुपमा उम्रिन्छ ।
संसारभरका करिब ५० करोड इन्टनेट प्रयोगकर्ता अबद्ध फेसबुक संजालमा जयराम तिमल्सिनाको मनको पर्खाल शिर्षक कविताको एक अंस । नेपाली साहित्यका बिभिन्न विधाका समुहहरु क्रियाशील छन् । जस्ले नेपाली साहित्यको विकास र नयाँ सर्जकलाई हौसला अनि सल्लाह र सुझाव दिने काम गरिरहेको पाइन्छ । अग्रजहरुले रचनाहरु पढेर गर्ने टिप्पणी, सल्लाह र सुझावले नयाँ सर्जकहरुलाई परिष्कृत र परिमार्जित हुन् ठुलो सहयोग गरेको छ । यसरी बढ्दो प्रयोगसगैं विकृती पनि भित्रन थालकाले सर्जकहरु चिन्तित हुन थालेका छन् । यस्लाई सहि सदुपयोग गर्दै साहित्यको विकासमा लाग्नु पर्ने उनिहरुको धारणा छ । फेसबुक चौतारीमा सिर्जनाहरु पस्कदै आएका टेकेन्द्र अधिकारी लखेकहरुले आफ्नो नैतिकतामा रहेर कमिकमजोरी औल्याउनु पर्ने बताउछन् । उनि भन्छन् ‘लेख रचनामा तल्लो स्तरमा झरेर टिप्पणी गर्ने, होच्याउने जस्ता विकृती भित्रिएका छन् । त्यसबारे लेखक साहित्यकारहरु विच छलफल गर्दै आगामी दिनमा फेसबुकलाई सहि सदुपयोग गर्न लाग्नुपर्छ ।’
फेसबुक सञ्जालमा थुप्रै सर्जकहरु समय कटाइरहदाँ इन्टरनेटमा चासो नराख्ने र इमेल आइडी समेत नभएका नेपाली साहित्यकार र लेखकहरुले समेत सोच्ने बेला आएको छ ।

2 comments:

Bhim Prasad Ghimire said...

good write up . keep continue

Chaitanya said...

लेख समसामयिक र बिचारमुलक लाग्यो, रमाइलो पनि |

 
धन्यवाद