नाम अजीबका

स्वाभावैले मानिस आफ्नो चर्चा र प्रशंसा सबै तिर होस् भन्ने चाहन्छ । प्रशंसा र चर्चा कमाउन कै लागि धेरै मानिसहरु लागिरहेका छन् । नामका लागि धेरै मानिसहरु आफ्नो भएभरको सम्पत्ति खर्च गर्न पछाडी पर्दैनन् । चर्चामा आउने सबैका आ आफ्नै काइदा छन् । यहा त्यस्ता ब्यक्तिहरुको चर्चा गर्न लागिएको छ जो आफ्नो नाम पछाडी विपरितार्थक शब्द जोडेर नेपाली साहित्यमा होमिएका छन् । यसरी नाममा बिपरितार्थक शब्द जोडेर कलम चलाउन होमिएका पुर्वका केही तन्नेरीहरुसंगको भलाकुसारीका आधारमा तयार गरेको यो खुराक ।

चारबर्ष अगाडीसम्म नरेन्द्र मिश्रका नामले चिनिदै आएका उन्को चर्चा अहिले गाउँमा मात्र सिमित छैन् । बेला मौकामा गाउँमा नविन भनेर छिमेकीले चिन्ने तिनै तेन्नेरी नरेन्द्र आज धेरै ठाउँका सहित्यकारले चर्चा गर्ने बिषय बनेका छन् । उनको चर्चा उनले सिर्जना गरेका रचनाले मात्र नभएर उनले आफ्नो नाम पछाडी झुन्ड्याएको प्रचिन शब्दले पनि हो । सिर्जनाको कलम समाए देखि उन्ले आफुलाई सर्जक नविन प्राचिनका रुपमा स्थापित गराउँदैछन् । झापाको लखनपुरका स्थायीबासी नविनको चर्चा झापाको लखनपुरमात्र नभएर अहिले आसपासका जिल्लासम्म पुगेको छ । हरेक नविन कुरामा प्राचिनता लुकेको दावी गर्ने उनि भन्छन् ‘प्राचिनता विना नविनता पनि हुदैन । हरेक नविन कामहरु प्रचिनतामै टेकेर हुने गरेका छन् । मानिस जती नविन बन्छु भने पनि उस्ले प्राचिनता लाई छाड्न सकेको हुदैन् । ’ बढिमात्रामा गजल विधामा कलम चलाउने उनले अहिले सम्म तीन दर्जन बढी गजल र दुइ दर्जन बढी कविता सिर्जना गरेका छन् । सुरुका दिनमै सिर्जनामा मानविय मुल्य खोज्न थालेका उन्का रचनाले थुप्रेलाई आर्कशित गरिसकेका छन् । उनले नाम राख्ने वेलामा साथीभाईसंग छलपल पनि गरेको बताए । ‘सबैले नविन प्राचिन ठीक भने पनि मलाई पनि यो नाम नै उपयुक्त लाग्यो । ’ ‘नाम बद्ले पछि केही फरक त दिनै पर्यो, उनले भने ‘नाम बदल्नु चर्चाका लागि मात्र हैन आफ्नै फरक पहिचानका लागि पनि हो । नाम आफैले छाने पछि नाम अनुसार काम पनि त गर्नै पर्यो नी ।’ नेपाली साहित्यमा कलम चलाउने सर्जकहरुले नाम बद्ल्न थालेको लामो समय वितिसकेको छ । पहिले पनि धेरै श्रष्टाहरुले नाम बद्लेर साहित्यमा सेवा र्पुयाएका थिए । तर पछिल्लो समयमा नाम भित्रै विपरितार्थक शब्द राख्ने चलन सुरु भइसकेको छ ।
पुर्वका केहि युवा सर्जकहरु यसरी आफ्नो नामका पछाडी विपरितर्थक शब्द जोडिरहेका छन् । नविन जस्तै नेपाली साहित्यका आशलाग्दा अर्का युवा हुन् मिलन विछोड । धनकुटाको चानुवाबाट ३ बर्ष अगाडी इटहरी झरेका मिलन बुढाथोकी नै दुइ बर्ष अगाडी दखि मिलन विछोड भएका हुन् । जुन दिन देखि उनले साहित्यको कलम समाते त्यो दिन देखि उनले नामका पछाडीको थर हटाएर ‘विछोड’ थपेका हुन् । जिन्दगी नै मिलन र बिछोडको सम्योग भएकाले आफुले नाम नै मिलन बिछोड राखेको उनल् सुनाए । ‘नाम नै आपसमा विपरितार्थक शब्द हुदाँ धेरैले नामका बारे सोध्ने गरेका छन्,’ उनि भन्छन् ‘मानिसहरुलाई यसबारे धेरै खुलदुली हुदो रहेछ । तर वास्तवमा केहि हैन् मात्र नामका पछाडी विछोड थपिएको न हो जिन्दगी जस्तै । ’ जिन्दगी कहिले फूलमा त कहिले काडाँमा हुन्छ । कहिले मिलनमा त कहिले विछोडमा अझिन्छ । यस्तो जिवन बाँचेका छौ हामि पनि । त्यसैले जिवनमा साच्चिकै मिलन विछोड नाम मेल खान्छ आफुले यही नम राखेको तर्क उनको छ । गजलबाट आर्कशि भएर साहित्यमा होमिएका उन्ले अहिले सम्ममा तीन दर्जन रचनाहरु सिर्जना गरिरहेका छन् । उनका सिर्जनामा मुलुकको समयामयीकताले प्रसस्त ठाँउ पाएको छ । नाम मिलन विडोड भए पनि रचनामा भने उनि मुलुक प्रेमि भएर देखिएका छन् अहिलेसम्म । अंग्रेजी साहित्यका बिद्यार्थी मिलन अरुले जस्तो चर्चाका लागि आफुले यस्तो नाम नराखेको दावी गर्छन् । साहित्यमा कलम चलाएर एउटा छुट्टै पहिचानका लागि मात्र नाम बद्लेको उनको भनाइ छ । प्रकृतिको सिर्जनाका हरेक बस्तुमा दुई पक्ष हुन्छन् । कसैलाई राम्रो लागेको बस्तु अर्कालाई नराम्रो लाग्न सक्छ । एउटाले मन पराएको बस्तु अर्कालाई मन पर्दैन ।
हरेक बस्तुमा राम्रा र नराम्रा दुवै गुण उत्तिकै पाइन्छन् । त्यै भएर इलामको चुलाचुलीका सुन्दर लावतीले आफ्नो नामको पछाडी कुरुप थपेको बताउछन् । १२ बर्ष अगाडी देखि साहित्यका विभिन्न विधामा कलम चलाउदै आएका सुन्दरका गजल अरु विधाका र्सिजना भन्दा सशक्त भएर आउने गरेका छन् । उनका गजलका सेरहरुले जो कसैको मन छुन सक्दछन् । त्यसैले अरु विधामा भन्दा गजलमा जमेका सुन्दर कुरुप संसार सुन्दरै सुन्दर र कुरुपै कुरुपमात्र नभएर सुन्दर कुरुप छ भन्छन् । ‘हामीले हेर्ने हरेक बसतुका दुई रुप हुन्छन् । एउटा बाहिरि त अर्को भित्री । बाहिरि रम्रो देखिनेहरु भित्र कुरुप हुन सक्छन् । बाहिर कुरुप देखिनेहरु भित्र सुन्दर हुन सक्छन् । त्यसैले संसार सुन्दर कुरुप छ , उनि थप्छन् ‘यो दुनियामा हरेक बस्तु सुन्दर कुरुप छन् भन्ने जनाउन नै मैले साहित्यमा कलम समातेको हुँ । र नाम पनि यस्तै जुराएको हुँ ।’सुन्दरले आफ्नो पहिचानका लागि नाम बनाउदा साथी भाइसंग सल्लाह पनि लिएनन् । र अरुको सुझाव पनि मागेनन् । आफैले धेरै पटक सोचेर सुन्दरका पछाडी थर हटाएर कुरुप थपका हुन् । नामका पछाडी उल्टो शब्द थपेर चिनाउन थाले पछि भने उनलाई धेरै ठाउँमा जिज्ञासा मेटिदिनु परेको छ थुप्रै सर्जकहरुको । विपरितर्थकमात्र नभएर मानिसले कल्पना गरेका बसतुको नाम पनि आफ्नो नाम जोडेर चर्चामा आउन युवाहरु लालायीत छन् । आफ्नो नामलाई मानिस सुन्ने वित्तिकै याद हुने बनाउन युवाहरुको होड नै चलेको अनुमान लगाउन ग्राहो छैन् ।
पाँचथरको फलैचामा जन्मे हुर्किएका कृष्ण प्रसाद सिवाकोटी पनि मोरङको उर्लाबारी झरे पछि कृष्णउदाशि बनेका छन् । दाइजो उपन्यास लेख्न भ्याइ सकेका उनको कलम पनि अधिकांस गजलमा नै चलने गरेको छ । उनी उर्लाबारी गजल मञ्चका उपाध्यक्ष भएर गजलको विकास र संरक्षणमा समेत लागेका छन् । उन्ले पनि आफ्नो पृथकताका लागि नाममा उदाशि थपेको सुनाए । ‘मानिस सधै हासि खुसि त हुदैन नी । कहिले काहि उ उदास पनि हुन्छ । त्यहि उदासलाई नाममा जोडेको हुँ । तर धेरैले यस्को गलत अर्थ लगाउको पनि पाएको छु । ’ उर्लाबारी क्याम्पसमा स्नातकका विद्यार्थी कृष्णलाई साथीहरुले के नाम राख्दा नी उदासी राखेको बरु उज्यालो राख्नु नी भनेर सम्झाएको पनि सुनाए ।आफु जन्मेको माटोको मायालाई नाममै समहित गर्न झापाको धरमपुरका मोहन ढुगांनाले नाम नै बद्लेर मेचि पुत्र बनाए । तिन बर्ष अगाडी चलेको नाम राख्ने लहरमा आफुले पनि नाम फेरेको उनले सुनाए । पृथकताको खोजीमा यो नाम जुरेको उनि सुनाउँछन् । भौगोलिक आधारमा आफु जन्मिएको क्षेत्रको ठाउँको आफु पुत्र भएकाले त्यसै अनुसारको नाम पनि छानेको उनले थपे । ‘नाम सुनेर धेरैले धेरैले राजनीतिज्ञको अनुमान लगाउदा रहेछन् , उनले भने ‘कसै कसेले त साहित्यकार गण्डकी पुत्रको भाइ हो ? भनेर समेत सोध्छन् ।’ युवाहरु साहित्यको कलम बोके पछि यसरी नाम फेरर आफ्नो पृथक पहिचानका लागि परेका छन् । माथीका केहि प्रतिनिधि युवाहरुमात्र हुन् । यस्ता थुपै्र युवाहरुले पृथकता खोज्न नामलाई अनौठा बनाएका छन् । तर उनिहरुले भने जस्ते आफ्नो पहिचान बनाउन भने उनिहरुले गर्ने कर्मले निर्धारण गर्ने छ । को कत्ति सफल र सथापित हुने हो त्यो बुझ्नालाई समयको प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

0 comments:

 
धन्यवाद