भुनिया, झुम्का र बौछार शुभमुहुर्तको रमाइलो

सुनसरीको झुम्कामा रहेको झुम्केश्वर महादेवको मन्दिरमा आइतबार विहान ठुलै भिड थियो । विवाह लगायका कार्यक्रम भैरहने त्यो मन्दिरमा आइतबारको भिड अलि फरक थियो । कसैलाई बोलाएर भने त्यो भिड बढाइएको हैन । भोजपुरी चलचित्र यी कैसन बौछारको शुभमुहुर्त हेर्न स्थानियहरु उत्सुकताका साथ मन्दिरको साधुरो परिसरमा खचाखच भरिएका थिए । दर्जनको हाराहारीमा क्यामरा घुमिरहेका थिए । प्राय काठमाण्डौ र आसपासका क्षेत्र र पर्यटकिय स्थलमा मात्र चलचित्रको सुटिङ हुने भएकाले झुम्काबासीको सुटिङ हेर्ने उत्साहलाई सहज रुपमा लिन सकिन्थ्यो । सुटिङ सुरु भएको हेर्ने किशोर किशोरी र बिद्याल पोसाक लगाएकाको बाहुल्यता थियो ।
चलचित्रको परम्परा अनुसार शुभ मुहुर्तका लागि, स्टेनवाइ, रोलिङ, एक्सन कट भन्ने जिम्मा स्थानियलाई नै दिएको थियो । जब उदघोषक शिरोमणी दवाडीले संकेत गरे तब स्थानिय तिर्थ अधिकारीले स्टेनवाइ, प्रहरी निरिक्षक विपिन गौतमले रोलिङ र प्राध्यापक उपेन्द्र पागलले एक्सन भन्न नपाउदै मकालु टेलिभिजनका विनोद घिमिरेले नरिवल फुटाइ सकेका थिए । सफुत लाल चौधरी र नायक श्याम कटुवाल र नायीका हरिशा बाँनियले एकसट अभिनय गर्न नपाउदै निर्देशक शिव ओम अधिकारीले 'कट' गरे । चलचित्रको सुटिङ हेर्ने रहर बोकेका स्थानियलाई भने त्यो दृष्यले मनोरञ्जन दिएको भान भयो ।
चर्चित हास्य टेलिश्रृखला मेरीबास्यैमा भुनियाको चरित्रमा अभिनय गरेर चर्चा कमाएकी मोरङको उर्लाबारीकी बानिया नायीकाका रुपमा देख्न पाइने यस चलचित्रमा केहि नेपाली चलचित्रमा अभिनय गरिसकेका कटुवालले नायको भुमिका निभाउदैछन् । मोरङ र सुनसरीका विभिन्न ठाउँमा छायाङ्कन गरिने चलचित्रमा स्थानिय कलाकारको बाहुल्यता रहेको निर्देशक शिव ओम अधिकारीले बताए । उनले पश्चमी नेपालका तराइसंग मोरङ र सुनसरीको भौगोलिक अवस्था मिल्ने भएकाले छायाङ्कन गरिएको बताए ।
करिव तीन दर्जन टेलिचलचित्र र केहि नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायीका हरिशाले आफ्नो रुचि भोजपुरी भाषामा भएकाले आफ्नो अभिनयमा जिवन्तता प्रस्तुत गर्न बताइन् । मेरिबास्यैमा भोजपुरी भाषाको चरित्र भएकी भुनियाको अभिनय गरेकी हरिशाले भनिन् 'मैले पहिले पनि भोजपुरी भाषाको चरित्रमा अभिनय गरिसकेकी छु । भोजपुरी भाषा प्रतिको रुचिकै कारण म २०६५मा भोजपुरी नृत्यमा पुर्वाञ्चल टप पनि भएकी थिएँ । त्यसैले पनि मैले यो चरित्रलाई न्याय गर्न सक्छु जस्तो लागेको छ ।'

0 comments:

 
धन्यवाद