आभाका गीतमा लठ्ठ इटहरी

पत्रकार र संगीतप्रेमीको भिडले खचाखच कोठा भित्र विगतलाई सम्झदै उन्ले भेटिनु छुट्टनिु त जीवनको रीत हो, नसम्झ तिमी यो मेरो विदाइको गीत हो..... सुरुमै गुन्गुनाइन् । मंगलबार संगी साधना महाविद्यालयले आयोजना गरेको कार्यक्रममा अरुण लामाको गायीका यो गीतबाट गाउन सुरु गरेकी आभा मुकारुङले झण्डै आधा दर्जन गीत गाइन् ।

'आभा' गीति क्यासेट बजारमा ल्याएर चर्चामा आएकी आभाको गीत सुन्न मध्यान्नमा समाचार बटुल्ने चटारो छाडेर इटहरीका प्रायजसो पत्रकार साधनाको सानो कोठामा भेला भएका थिए । सानो कोठामा पत्रकारमात्र नभएर संगीतप्रेमीहरुको समेत खचाखच थियो । निर्धारित समय भन्दा अगाडी पुगेका सगीतप्रेमि तथा पत्रकारको प्रतिक्षा त्यतिबेला सकियो जब आभा पसिना पुछ्दै साधनाको कोठामा पसिन् । विहानै देखि स्थानिय एफ एम रेडियोहरुमा अर्न्तवार्ता दिन ब्यस्त उनि पौने दुइबजे प्रतिक्षारत संगीतप्रमीमाझ आइपुगेकी थिइन् ।
अरुणा लामाको गीतबाट गाउन सुरु गरेकी आभाले आभा एल्बमको कुनै अर्थ नै छैन , मैलेमात्र मायार् गनु ....., माया लाउन पनि ग्राहो, लाएपछि झनै गाह्रो .... लगयातका गीत गाएर विट मार्न आटेकी उनलाई स्रोताले धरै दिएनन् । त्यस पछि उनले कता हिडेको कस्लाई खोजेको भनन् भन ए विरानो परदेशी..... गाउनै पर्यो ।उनलाई संगीतमा साथ इटहरीका संगीतकर्मीहरु दिएका थिए । हारमोनियममा रामकुमार राजधामी, पियानोमा राजु केसी, तवलामा मणी गुरुङ र गीतारमा उमेश खडकाले साथ दिए । उनिहरुको प्रत्यक्ष बाद्यबादनको साथले आभाको गलालाइ झन सुरिलो बनाएको थियो ।
इटहरीको हावापानीमा हुर्किएकी आभाले आफ्नो सांगीतिक यात्राको सुरुवात संगीतसाधनाबाट गरेको पुराना दिन सम्झदै भनिन् 'सात आठ बर्षभैसकेछ यसरी सगै सगै बसेर गीत नगाएको ।' उनले थपिन 'धेरै निद पछाडी यो ठाउमा सबैको माया पाउदा खुसि पनि छु र अलि 'नर्भस' भएको महसुश गर्दैछु ।' उनले गीत गाउदा संगीतप्रेमीहरुले जोडदार तालि बजाएर साथ दिएका थिए । उनिहरुले तालिमात्र बजाएनन् स्वरमा स्वर पनि मिलाएर झुमे ।संगीतलेे समाज बदल्ने अभियान थालेको महाविद्यालयले हरेक शनिबार गर्ने सप्तक सांगीतिक कार्यक्रम भन्दा फरक आभासंगको विषेश भेटमा संगीत साधनाका नयाँ प्रतिभाहरुले समेत गलाको कला प्रस्तुत गरे । दुर्गा पराजुलीले सपना भुलाई सारा ...... लक्ष्मि र्नालले एउटा खुल्ला कागज हु म...... र सबैले भन्थे लयालु फुल झै ....., गंगा गुरुङले तिर्खा लाग्यो पानी खाए .....सनम राइले यो हो मेरो माइती घर..... लगायतका गीत गाएका थिए ।
शनिबार सप्तक सांगीतिक अभियानका साथै पुर्वका राष्ट्रिय प्रतिभा आउदा स्थानियसंग घुलमिल गराउन यो कार्यक्रम गरिएको संगित साधना महाविद्यालयका राजुकेसीले बताए । उनले भने 'हामीले समाजमा संगीतको महत्व बुझाउन र समाज परिवर्तनका लागि यो उपयोगी छ भन्नका लागि पनि यसरी कार्यक्रमहरु गर्दै आएका हौं ।'

0 comments:

 
धन्यवाद