पशुपालनले आत्मनिर्भर बनायो महिलालाई

कार्त्तिक सुनसरीको हाँसपोसा ५ भवानीपुरका महिलाहरु पशुपालन गर्न थालेपछि उनिहरु अर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका छन् ।
समुह बनाएर पशुपालनमा थालेपछि विपन्न परिवारका उनिहरुको जिवनस्तरमा परिवर्तन आएको हो । पशुपालनबाट आम्दानी परिवार चलाउन र आर्थिक सहज भएको सहज भएको उनिहरुले बताएका छन् । सिंहदेवी कृषि पशुपालन समुहकी सदस्य तिर्थ कुमारी वनले पशुपालन गर्न थाले पछि छोराछोरिपढाउन र घर खर्च टार्न सजिलो भएको बताउनु भयो । उहाले भन्नुभयो ‘पहिले छोराछोरीलाई पढाउन समस्या थियो, समुहमा लागेर पशुपालन थाले पछि समुहका धेरै परिवारले छोराछोरीको पढाइ खर्च, घर खर्च धानेर बचत गर्न पनि भ्याएका छन् ।’समुहमा रहेका ५५ परिवारले अहिले बचत गर्न पनि थालेका छन् ।
‘समुह गठन भएपछि बचत गर्ने पर्छ भनेर सबै सदस्यहरुले बचत गर्न थाल्यौं, समुहकी अर्की सदस्य मिना श्रेष्ठले भन्नुभयो, सुरुमा मासिक १० रुपैयाका दरले बचत गर्न थालेका हामी अहिले मासिक ५० रुपैयाका दरले बचत गर्दै आएका छौं ।’पशुपालन विषेश गरेर बाख्रा पालन गरेकैले आफुहरु बचत गर्न सक्ने भएको उर्मिला राइको भनाइ छ । बचत गरेको पैसाले समुहमा कसैलाई ग्राहो साह्रो पर्दा, विरामी हुदाँ सजिलो भएको राइले बताउनु भयो । समुहमा बसेर पशुपालन गर्दा पशुहरु विरामीहुदाँ पनि उपचार र हेरचाह गर्न र प्राविधिक बोलाउन पनि सजिलो भएको उहाले बताउनुभयो ।
भवानीपुर सामुदायीक वनको सहयोगमा गठन भएको सिंहदेवी समुह जिल्ला पशुसेवा कार्यलयमा दर्ता भएको छ भने हेफर इनटरनेशनल नामक संस्थाले बाख्रा सहयोग गरेको छ । उनिहरुलाई बाख्रा पालनकलागि ५५ वटा बाख्रा हेफरले उपलब्ध गराएको थियो । हेफरले दुइवर्ष अगाडी उपलब्ध गराएको ५५ वटा बाख्रा अहिले ५ सय बढी भैसकेको समुहका अध्यक्ष त्रिलोचन दंगालले बताउनु भएको छ । उहाले भन्नु भयो ‘ हाम्रो समुहमा अधिकांस महिला छन् । सबैजनाले पशुपालन तर्फ रुचि देखाएपछि हेफरले सहयोग गर्यो र अहिले सबैजना आत्मनिर्भर भएका छन् ।’ समुह गठन गरेर विभिन्न तालिम लिएपछि महिलाहरुमा चेतनाको स्तरपनि बढेको दंगालको भनाइ छ ।
समुहका सदस्यहरु आत्मनिर्भरमात्र भएका छैनन् । गाउँको विकासमा पनि उत्तिकै लागि परेका छन् । गाउँमा सरसफाइ अभियान चलाउने, चर्पि बनाउने अभियान चलाउनेलगायका कार्यक्रम गर्ने र गाएमा चेतना जगाउन समेत समुह सक्रिय भएको समुहकी सदस्य भगवती दंगालले बताउनु भयो । समुहले सामुदायीक वनमा विभिन्न जातका गरि दुइहजार ५ सय बढी विरुवा रोपेको भवानीपुर सामुदायीक बनका अध्यक्ष जगन्ननाथ चौलागाँइले बताउनु भएको छ ।

0 comments:

 
धन्यवाद