महिलालाई आत्मनिर्भर बनाउदै ढाका

कार्तिक । २८ बर्ष अगाडी एउटा तानबाट मिरा खनालले सुरु गरेको ढाका उद्योगमा अहिले ३५ जनाले रोजगारी पाएका छन् ।
सुनसरीको भादगाँउ सिनवारी ५ झुम्कामा सञ्चालित ढाका उद्योगले मिरालाई मात्र हैन त्यस आसपासका अरु महिलालाइ समेत आत्मनिर्भर बनाएको छ । गाउँघरबाट टाढा जान नसक्ने महिलाहरुलाई उद्योगले गाउँमै रोजगारी सिर्जना गरेको हो । २८ बर्ष अगाडी एउटा ताबाट सुरु गरेको उनको उद्योगमा अहिले ३० वटा बढी तान छन् । ‘हामी कामको खोजीमा टाढा जान सक्दैन थियौ’, भादगाउँ सिनवरी ५ की गुञ्जा चौधरीले भनिन् ‘गाउँमै ढाका उदोग खुलेकाले हामीले काम पाएका छौ । हामीलाई घरको काम भ्याएर पनि उद्योगमा काम गर्न सजिलो भएको छ ।’ उनले दैनिक एकसय ५० रुपैया देखि दुइसय रुपैयासम्म कमाइ हुने गरेको बताइन् ।
विषेश गरि टोपीको कपडा बनाउदै आएको उद्योगमा एउटा टोपी बनाउदा एकसय ५० रुपैया देखि दुइसय रुपैयासम्म पाउने गरेका छन् । कपडाको बुट्टा अनुसार समयलाग्ने भएकाले राम्रो बुट्टा बनाउनेले धेरै पैसा पाउने सञ्चालक मिरा खनालले बताइन् । ‘राम्रो बुट्टा र डिजाइन राम्रो नाउनेले दैनिक तीनसय रुपैयसमम पाउँछन्, उनले भनिन् ‘धेरै डिजाइनका बनाउनु पर्छ । डिजाइन अनुसार समय पनि लाग्छ र पैसा पनि उत्तिकै पाइन्छ ।’ ५ बर्षदेखि ढाका बुन्दै आएर्की सिर्जना चौधरीले ढाका उद्योगले आफुहरुलाई सजिलो भएको बताइन् । ‘काम गर्न पनि सजिलो टाढा पनि जानु नपर्ने’ उनले भनिन् । उद्योगबाट मसिक ५ सय टोपी, साथै सारी, कुर्ता सुरुवाल, सल लगायतका ढाकाका कपडा उत्पादन गर्दै आएको छ । उत्पादन भएको कपडाको मुख्य बजार काठमाण्डौ भएपनि, पोखरा, नारायगढलगायत पुर्वका सबै बजार र विदेशमा समेत निर्यात हुदै आएको सञ्चालक खनालले बताइन् । उनले ढाका कपडा उत्पादन गर्न सके जति पनि विक्रि हुने बताइन् । उनले भनिन् ‘ढाका बिक्रि नहोला भन्ने छैन् उत्पादन गर्न सके जती पनि बिक्रि हुन्छ ।’
खनालले जस्तै इटहरी ५ की हरिमाया सुब्बाले पनि ढाका उद्योग सञ्चालन गर्दै आएकी छन् । सुब्बाको उद्योगमा भने सारी, चोलो, बर्की, स्कापलगायतका लागि कपडा उत्पादन हुने गरेको छ । उनको उद्योगमा पनि आधादर्जन बढी महिललाले रोजगारी पाएका छन् । इटहरीकी बिष्णु सुब्बाले भनिन् ‘घरमा बेरोजगार बस्नु भन्दा ढाका बुनेर भए पनि आम्दानी गर्न सकिन्छ भनेर काम गर्न थालेको हो । ढाका बुनन थाले पनि आर्थिक समस्या टार्न पनि सहज भएको छ ।’ सुब्बाले उत्पादन गरेका सामाग्रीहरु ५ सय रुपैयादेखि ५ हजार रुपैयासम्मा बिक्रि हुने गरेका छन् ।
उत्पादन भएकासबै सामाग्री विदेशमा रहेका नेपालीका आफन्त र विदेश बस्ने नेपालीले खरिद गर्ने हुदा बेच्नलाई समस्या नभएको हरिमायाले बताइन् । ‘रोगजारी पाइएन भनेर बस्नु भन्दा सानो लगानी गरेर आफै काम गर्दा प्रशस्त सम्भावना छ, उनले भनिन् ‘ढाका जती उत्पादन गरे पनि बिक्रि भैहाल्छ । मासिक १५ हजारबढी घरैमा काम गरेर आम्दानी गर्न सकिन्छ ।’

0 comments:

 
धन्यवाद