शरणार्थी शिविर जमे प्रकाश

कस्ले भन्यो देश माटो जन हो शरणार्थी ?

सत्य कुरो विचार अनि मन हो शरणार्थी ।
बेलडाँगी शरणार्थी शिविरको छाप्रा भित्र गएको आइतबार यसै भन्दै थिए युवा गजलकार प्रकाश आङ्देम्बे । विचार, भावना र मनले मानिस कहिले पनि शरणार्थी हुदैन भन्दै प्रकाशका गजल शेरहरु अगाडी बढ्छन्
देशज्युँदो त्यहाँ हुन्छ जहाँ मन हुन्छ,
देशमै बस्ने विना मनको तन हो शरणार्थी ।
प्रकाश गजल बाचन गर्न थालेपछि हलभित्र खचाखच रहेका साहित्यप्रेमीहरुले तालीले स्वागत गरे । उनका हरेक रचनाले सबैका् मन छोएछ क्यारे तालीको बर्षा गजबको भयो । धेरै बालबालीकाको माया पाएर होला प्रकाश पनि उत्साहका साथ गजल र रुवाइहरु वाचन गर्दै गए ।
कोही कराएर बिग्रिए
कोहि डराएर बिग्रिए ।
धरो धर्म म भने,
तिमिलाई मन पराएर बिग्रिए ।
अन्तराष्ट्रिय श्रष्टा मञ्च र परिवर्तन नाट्य समुहले आयोजना गरेको आङ्देम्बेको एकल रचना वाचनमा कार्यक्रम हेर्ने साहितयप्रेमी मनहरुको भिड हलमा नआटेर सुरु देखि अन्त्यसम्म ढोकामा ठेलामठेल त छदैं थियौ झ्यालबाट रचना सुन्नेहरु पनि उत्तिकै थिए । भित्र बसेर सुन्ने रहरहुदा दुदै पनि नपाएकाहरु । जीवनका हरेक पक्षलाई रचनामा उर्तान सिपालु आङ्देम्बेका रचनाले धेरैलाई आर्कषित गर्छ । त्यसैले त शिविरको भिडमा उनी मानिसलाई सोध्दै थिए ।
पहिलो प्रश्न समयलाई छुन किन सकेनौ ?
दोस्रो प्रश्न आस्थालाई दुहुन किन सकेनौ ?
हरपल मलाइ एउटै कुरामा अफसोच छ,
हामी मान्छे भएर मान्छे हुन किन सकेनौ ?
आफुलाई विर्सने मानिसलाई मात्र प्रश्न गरेनन्, माया र पिरतीका मिठा मिठा कुरा पनि सिर्जनामा उतारेर मनोरञ्जन दिए । माया पिरतीका कुरा गर्दा हलमा उपस्थित सबै हासे र रमाइलो गरे ।
कुरोले संसार धोएर जित्छीन् ।
मन्दिरको ढुगां छोएर जित्छीन्
जित्ने आदत बसेछ क्यार,
केही नभएर रोएर जित्छीन ।
तेस्रो मुलुक पुर्नवासले दुइ दशकदेखि बस्दै आएका धेरै नेपाली भाषा र साहित्यलाई माया गर्ने मनहरु विश्वका विभिन्न ठाउँमा पुगिसकेका छन् । कार्यक्रम आयोजक मध्येका पनि केहि ती मुलुकका लागि उड्न तयार छन् । नेपाली भाषा, कला र संस्कृति त्याग्न नसक्दा भुटानबाट धपाइएकाहरु शरणार्थी हैनन् नेपालीका लागि मात्र पाहुना हुन् केहि दिनका केहि बर्षका ।
दुइ दशकदेखिको भावनात्मक सम्बन्धलाई प्रकाशले रचनामा जोडेको र सम्बन्धलाई अझ दरिलो बनाएको बताए कलाकार हेमन्त बुढाथोकीले । कार्यक्रम अवधीभर सगै रहेका बुढाथोकीले यो सम्बन्ध अटुट रहनु पर्नेमा जोड दिए । रंगवादी साहित्यकार धमेन्द्रबिक्रम नेम्बाङले पनि नेपाली र भुटानी भए पनि भाषा कला र संस्कृतिले सम्बन्ध दरिलो राखेको बताउदै यसलाई अझ बलियो बनाउन सबै लाग्नु पर्ने बताए । हल भित्रको अझै रचना सुनाउनु पर्ने अनुरोधलाई पन्छाउदै सिर्जना वाचनको पुछारमा आङ्देम्बले भने ‘मैले शिविरमा रचना वाचन गरेको शरणार्थीको मायाले पनि हैन, सद्भावले पनि हैन, नेपाली भाषा र संकृतिको कुरा गर्दै लखेटिएर शरणार्थी बन्ने नेपाली पन भएका मनहरुको गाउँ भएकाले हो ।’

0 comments:

 
धन्यवाद