साधनाको त्यो श्रृंखलामा



लक्ष्मीपुजाको लागि घर र पसल सिंर्गान मानिसहरु ब्यस्त भैरहँदा संगीत साधक र पे्रमीहरुको एउटा हुल इटहरीको एउटा कोठमा ब्यस्त थियो गीत संगीत सुन्न र सुनाउँन ।
‘सम्हालेर राख संगालेर राख.......’ नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ति ठटालले गाउँन थालेपछि कोठा भित्र खचाखच रहेका इटहरीका विभिन्न क्षेत्रका अगुवा ब्यक्तिहरुले पुराना दिन सम्झिए । शारिरीक अस्वस्थताका बावजुत पनि शान्तिले चार संवटा गीत गाइन । दार्जेलिङमा रहेर पनि नेपाली गीतसंगीतको विकासमा योगदान पुर्याएकी उनले गीत मै भनिन् ‘म दुर भएर के भो.......’ नेपाली र प्रवासमा रहने सबै नेपाली र नेपालीभाषीहरुको भावनालाई एउटै पंत्तिमा उभ्याइन । उमेर र स्वास्थ्यले अर्काको सहारा विना ठाउं सर्न समेत गाह्रो हुने शान्तिका गीतमात्र हैन् अरु कलाकाको जमघटले पनि सप्तक संगीत यात्राको २० श्रृखला अरु भन्दा फरक भयो ।
संगीत विकासका लागि वेग्लै अभियान थालेको संगीत साधनाले यो तिहारका अवसरमा शान्तिमात्र हैन् नेपाली संगीतको विकासका लागि दार्जिलिङमा बसेर योगदान पुर्याइरहेका अर्का संगीतकार मणिकमल क्षेत्री, नेपाली आधुनिक गीत संगीतमा अहिले चर्चित युवा गायक शिव परियार, पुर्वेली लोकगीतमा छुट्टै स्थान बनाएका गायक तुलसी पराजुली, गायक बालकृष्ण कार्कीलगायतलाई जमघट गराएको थियो ।
हरेक शनिबार मध्यान्न हुने सप्तक श्रृखला तिहारको कारण शुक्रबार विहानै भएको थियो । सधै जसो साधनाका बिद्यार्थीले गाएर सुरु हुने श्रृखलामा शिव परियारले चर्चामा रहेका , कहाँ थियौ तिमीं......, क्या दामी भो......, अलिकति नजर तिम्रो ....... लगायतका गीत गाए । तुलसी पराजुलीले ‘सालै ज्यु.........., तमोर खोला बाढी आयो.........,’ बालकृष्ण कार्कीले ‘ख्याल ख्यालैमा ........, पिपलपाते बहिनीउ ............ जस्ता चर्चित गीत सुनाए । संगीतकार मणीकमल क्षेत्रीले पनि गीत नसुनाइ धरै पाएनन् र सुनाउ जगदीश समालको गीत ‘पानीको हुन्छ शिरमा मुल.....’ र अरु पनि दुइवटा नयाँ गीत । गीत बिसाउदै अहिले झापामा बसेर नेपाली संगीतका क्षेत्रमा काम गरिरहेका क्षेत्रीले भने ‘यो संगीतको विकासका लागि नयाँ आयाम हो । यसलाई निरन्तरताको दिनु र्पछ ।’
सप्तक श्रृखलामा सहभागी भएर शान्ति ठटाल पनि खुसी भइन र युवा पुस्तालाई हौसला दिन पुराना कलाकार र साधकअरुलाई आग्रह गरिन । शान्तिका गीत नसकिदै बिश्व आर्दश कलेजका प्रमुख लेखनाथ घिमिरे भन्दै थिए , ‘जीवन जस्तै गीत, आफ्नै जस्तो लाग्ने ।’ घिमिरेमात्र हैन इटहरी नगरपालीकाका कार्यकारी अधिकृत गणेशप्रसाद दाहाल, इश्वरी पराजुली, धुव्र सुब्बा लगायतका इटहरीका अग्रज ब्यत्तिहरुले पनि सप्तको यो श्रृखला फरक भएको अनुभव सुनाए ।
तीन घण्टा चलेको श्रृखलाको अन्त्यमा संगीतकार द्वय शान्ति ठटाल र मणीकमल क्षेत्रीलाई नगरपालीकाका अधिकृत दहालले सम्मान गरे ।

0 comments:

 
धन्यवाद