प्रशान्तका गीतमा नाच्चे नी हौ सबै

महिना दिनसम्म रमाइलोमा बिताएका इटहरीबासीले तेस्रो इन्डियन आइडल प्रशान्त तामाङका गीतमा नाचेर मज्जा लिए ।
एकमहिना देखि चलेको इटहरी पर्यटन महोत्सवको अन्तिम दिन गीत गाउन आइपुगेका तामाङले नेपाली र हिन्दि गीत गाउँदा इटहरीबासीले नाचेर मज्जा लिएका हुन् । मेलामा आएका हजारौ दर्शकहरु प्रशान्तका गीतमा झुमेर नाचे । महोत्सवका अघिल्ला दिनहरुमा राजेशपायल राइ, निमा रुम्बा, बाबु बोगटी, प्रमोद खरेललगायतका गीतमा नाचेका इटहरीबासी सोमबार प्रशान्तका गीतमा नाच्न पाउँदा धेरै खुसी देखिन्थे । इटहरी ४ की समिता राइले प्रशान्तका गीतमा रमाउन र नाच्न नै मेलामा आएको बताइ । एक महिनासम्म मेला हेर्न नआएकी उनलाई प्रशान्तको प्रस्तुती हेर्ने चाहनाले मेलामा तानेको हो । समिता जस्तै इटहरीमात्र नभएर धरानसम्मका विषेश गरि युवायुवतीहरु मेलामा भेला भएका थिए । इटहरी आसपासका बृद्धदेखि केटाकेटी सम्मको उपस्थितिले मेलाका भिड बढेको थियो । तामाङका गीतमा नाचन र रमाउँन आउनेको संख्याले महोत्सव स्थलनै खचाखच भरिएको थियो । प्रशान्तका गीतमा रमाउन र नाच्नकै लागि मञ्च अगाडी आउँने भिड रोक्न आयोजक पाँचधारे युवा क्लवका सदस्य तथा प्रहरीलाई समेत हम्मे हम्मे पर्यो ।
दर्शकको भिड देखेर खुसी भएका प्रशान्तले इन्डीयन आइडल बन्दा नेपालीले गरेको माया र सहयोगका लागि इटहरबिासीलाई पनि आभार ब्यक्त गर्दै गाउँन सुरु गरे । असारै महिनामा पानीपर रुझाउने ......गीतबाट दर्शकलाई नचाउन सुरु गरेका गरेका तामाङले क्यानाम फकाउनै गाह्रो ....., रातो रानी फले झै साँझमा.......... र गोर्खा पल्टनको चलचित्रको शिर्ष गीत गाउँदा पनि दर्शकले नाचेर मज्जा लिए ।
नेपाली गीतमा नचिरहेका दर्शकहरु तामाङले हिन्दी गीत गाउँन थाले पछि त झन नचाचने कुरै रहेन । बचना हे हसिनो...... दिवानगी दिवानगी........... लगायतका गीत गाउँदै नाच्दै उनले दर्शकलाई मनोरञ्जन दिए ।

0 comments:

 
धन्यवाद