महिला सञ्चारकर्मी संगीतमा रमाए

संगीत साधना महाविद्यालयको साप्ताहिक संगीत अभियान सप्तकको १९ औ श्रृखलामा शनिबार सुनसरीमा रहेर विभिन्न सञ्चार माध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुले संगीतको फरक स्वाद पाएको अनुभव सुनाए ।
‘एउटा परदेशी आइ सोध्यो मेरो नाउँंं.....’ भन्ने गीत लक्ष्मि परियारले दुइपटक गाउँनु पर्यो महिला सञ्चारकर्मीको आग्रहमा । उज्वल काफ्ले, दुर्गा पराजुली, सनम राइले पनि दुइ दुइ पटक गीत गाए छुट्टा छुट्टै । माया पिरती र भावनाका गीत प्रस्तुत भैरहेका ठाउँमा मोहन तिम्सिनाले क्रान्तिकारी गीत गाए र फरक स्वाद पस्किए । अनि साधनाका प्रशिक्षक रामकुमार रामधामीले यात्री शेखरको रचनामा नयाँ गजल र ‘यस्तो पनि हुदों रैछ जीन्दगीमा कैले कैले ... भन्ने गीत महिला सञ्चारकर्मीकै आग्रह गाए ।गीतसंगीतमा रमाइ सके पछि विबिसी नेपाली सेवाकी सम्वाददाता सीता मादेम्वाले भनिन् ‘गीत संगीतको विकासका लागि राम्रो कामको थालनी भएको रहेछ । यसले संगीत साधनामा संगीत अध्ययन गर्ने विद्यार्थीलाईमात्र नभएर समाजका विभिन्नवर्गका ब्यक्तिलाई संगीतको असल स्रोता निमार्ण गर्न सहयोग पुर्याउँछ ।’
धरानकी पत्रकार मनिता चाम्लीङले संगीत साधनाले थालेको अभियान साच्चिकै नौलो र उदाहरणीय भएको बताइन् । उनले अहिलेसम्म कसैले पनि यस्तको अभियान नचलाएको बताइन् । महिला सञ्चारकर्मीमात्र कार्यक्रममा थिएनन् प्रहरीका अधिकृतदेखि पत्रकारहर समेत सहभागी थिए ।
‘गीत संगीत कसलाई मन पर्दैन र ? म बन्दुक बोक्ने मान्छे, गीत संगीतले तानेर यहाँ ल्याएको छ ।’ महिला सञ्चारकर्मीले भरिएको कोठा भित्र कार्यक्रम सकिन नपाउँदै शसस्त्र प्रहरीका डिएसपी सुशिल पराजुली भन्दै थिए ‘संगीत मानवको साझ भाषामात्र हैन यसलाई उपयोग गर्न सके मानिसका धेरै रोगहरु समेत निको पार्न सक्ने प्रमाणित भैसकेको छ ।’ एउटा गीतिसंग्रह निकाल्न भ्याइसकेका पराजुलीको प्रतिक्रिया सुनेर कार्यक्रमा सहभागी महिला सञ्चारकर्मीहरु आश्चार्यमा परे ।
साधनाको उन्नाइसौं श्रृखलासम्म आउँदा सुनसरीका धेरै क्षेत्रका ब्यक्तिहरुले संगीतको स्वाद लिएका छन् । विभिन्न अपठेरोका वावजुद पनि संगीत साधनाका सिकारु कलाकार र साधकहरुले समाजका विभिन्न व्यक्तिलाई संगीत सुनाउँदै आएको प्रशिक्षक राजु केसीले बताए । १८ औ श्रृखलामा कम्प्युटर एसोसिएसनका पदाधीकारीहरुले संगीतको स्वाद चाखेका थिए उनिहरु सगै पत्रकारहरु नचेर रमाइलो कार्यक्रमलाई झन उमंगमय बनाएका थिए ।
१७ श्रृखलामा गायक प्रमोद खरेलले म विना कसै कसैलाइ मुस्किल छ इटहरीमा गाएर मुग्ध बनाए । उनिसगै गायक तुलसी पराजुलीले नयाँ गीति संग्रह कुइनेटोका गीत सुनाएका थिए । उनले पुर्वेली लोकभाकालाइ अझ बढी मानिस समक्ष पुर्याउन मेहनत गर्दै आएको बताए ।

0 comments:

 
धन्यवाद