मधेसामा महको हासो

सुनसरीका विभिन्न गाउँबाट भेला भएका हजारौ दर्शकलाई महजोडीले सुनसरीको मधेशामा पेट मिचिमिच हसाएका छन् । महको प्रहशनले दर्शकलाई पेट मिचिमिचि हाँस्नमात्र लगाएन मुलुक अवस्थकाका बारेमा गम्भिर भएर सोच्न बाध्य पार्यो ।
हाम्रा देशका नेताहरु त कुर्सी मै दिसा गरीरहेका छन् । भन्दै महजोडीले नेताहरुलाई ब्यग्यं गरिरहदा महजोडीको कार्यक्रम हेर्न आएका दुधे बालकदेखि १ सय ४ बर्षका बृद्धसम्मले ताली बर्साएका थिए ।सुनसरीको मधेशामा सरसफाई महोत्सव तथा मधेसा गाबिसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा बिहिबार कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले १५ मिनेट लामो प्रहशनमा देशको विग्रदो राजनीतिक अवस्थालाई ब्यग्य गरेर राजनीतिबाट आजित भएका सर्वसाधारणलाई मनोरञ्जन दिए । राजनीतिक दलका स्थानीय तथा केन्द्रका कोही नेता उपस्थित नदेखिएको कार्यक्रममा महजोडीको प्रहसन हेर्नलाई स्कुले विद्यार्थी देखि गाउका बृद्ध सम्म भेला भएका थिए । सुनसरकिा विभिन्न गाविसबाट हजारौको सहभागतिा थियो । भाषणपछि कलाकार द्धयले १५ मिनेट लामो प्रहसन मार्फत स्वास्थ्य र शान्ति–अग्रमगमनमा सवै नेपाली एक भएर लाग्न सन्देश दिएका थिए । कार्यक्रममा धरानका समिर बराइलीले हाब्यब्यग्य गीतमा अभिनय गरे । उनको अभिनयमा दर्शकहरुले भरपुर मनोरञ्जल लिए । साथै पुर्वाचन संगीत विद्यालयले विभिन्न सास्कृतिक र सांगीतिककार्यक्रम साथै नाटक प्रस्तुत गरेको थियो ।

0 comments:

 
धन्यवाद