भ्योन्टाइन योजना


उहिले शेक्सपियरको पालामा प्रेम गर्न प्रतिबन्ध जत्तिकै थियो । परिवार र समाज देखि लुकेर भागेर पिरती साट्थे युवा युवती र प्रेममा ज्यानै समेत सुम्पन्थे । देवकोटाको पालामा आउँदासम्म प्रेममा विश्वास घटेको थिएन, प्रेम पुजा जत्तिकै थियो । अहिले प्रेमको परिभाषा बद्लिदै गएको छ । युवापुस्ताले प्रेमलाई फेशनका रुपमा लिन थालेको छ । विषेश गरि प्लस टु र कलेजमा पढ्ने युवायुवती र किशोर किशोरीले प्रेमलाई ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने रुपमा लिइरहेका छन् । भ्यालेन्टाइन डे नजिकिदै गर्दा प्रेमको प्रसंग छाएको छ विषेश गरि कलेज र प्लसटुका युवा युवतीहरुमा । उनिहरुका भ्यालेन्टाइन योजना आ आफ्नै छन् ।
प्रेम विना संसारको कल्पना गर्न सकिन्न सबैले प्रेम गरेकै हुन्छन् । प्रेम गर्ने शैली र प्रसंग फरक हुन्छ । भ्यालेन्टाइन डे नजिकिएकाले गर्दा बिषेश गरि युवा युवती विचको प्रेम प्रसंग र उनिहरुका प्रेमिल योजनाका बारेमा चर्चा गर्दै छौं ।
इटहरीका नगेश, धरानकी नीता, विराटनगरका शुसान, दमककी नमितासबै प्लसटुका बिद्यार्थी हुन् । उनीहरुले अहिलेसम्म गर्लफ्रेण्ड र ब्वाइ फ्रेण्ड बनाएका छैनन् । तर यसपटकको भ्यालेन्टाइमा रातो गुलाफ दिने उनिहरुको योजना छ । सबैले आ आफ्नै सहपाठीलाई साथी बनाउने चाहना राखेका छन् । सबैको भनाइको एउटै आशय छ । मैले रोजेको साथीले मलाई पनि मन पराउँछ । उनिहरुले यस पटक आफ्नो साथीलाई भ्यालेन्टाइमा मनका सबै कुरा सुनाउने बताए ।

सुकुना बहुमुखी क्याम्पस विराटचौकमा अध्ययनरत सिमेशले यस पटकको भ्यालेन्टाइनलाई विषेश बनाउने योजना रहेको बताए । इटहरीमा रहेकी आफ्नी प्रेमिकासंग त्यसदिन दिनभर घुम्न केहीसाता अगाडीनै योजना बनाइसकेका उनले गएका २ वटा भ्यालेन्टाइनदेखि उनिहरु हरेक बर्ष यसरी घुम्दै आएको सुनाए । उनले  भने अरुवेला पनि घुमघाम र भेटघाट त हुन्छ तर त्यसदिनको महत्व वेग्लै छ । त्यसैले हामी दिनभर एकान्तमा दुइजनामात्र बसेर गफगर्छौ र अर्कामा हराउँछौ, त्यसको मज्जै वेग्लै छ ।
मानिसमा इच्छा र चाहना फरक फरक हुन्छन् । करोडौ मानिसका आकृति नमिले जस्तै चाहना र इच्छा पनि वेग्लै वेग्लै पाइन्छन् । स्नातक पढ्दै गरेकी शुष्ना गत बैषाखदेखि निमेशलाई माया गर्छिन । एउटा बंैकमा कार्यरत निमेशको धेरै समय काममा वित्ने भएकाले अरुवेला भेटघाट भएपनि  धरैसमय सगै बसेर गफगर्न  नपाइने गुनासो थियो । आफ्नो प्रेमीको कुरा गर्दा लजाएकी उनले भनिन् प्रत्यक्ष भेटमा कुरा गर्न नपाएपछि फोनमै गफ गरेर चित्त बुझाउनु परेको छ । आफ्नो प्रेमीसंग एकघण्टा बढी समय विताएको उनलाई सम्झना छैन् । यसपटकको भ्यालेन्टाइमा चाहि निमेशको विदा मिलाएर पनि दिनभरसगै बस्ने उनले बताइन् ।
नेपालमा भ्यालेन्टाइन डे मनाउन थालिएको धेरै भएको छैन । युवापुस्ताले केहीबर्षयता भ्यालेन्टाइन डे मनाउदै आएका छन् । नव पे्रमिप्रेमिका मात्र नभएर नव दम्पत्ति र पुराना दम्पत्ति समेत अहिले भ्यालेन्टाइन डे मनाउन थालेका छन् । प्रेमी प्रेमीकाहरु प्हिलेदेखि नै योजना बनाएर यो दिवस मनाउन लागेका छन् भने दम्पत्तिहरु आफ्ना पुराना दिनको सम्झनामा यो दिवस मनाउने गर्दछन् ।  दम्पत्तिहरु पनि त्यसदिन घुम्न पार्कहरुमा जाने र चलचित्र हेर्न जाने चलनले प्राथमिकता पाउन थालेको छ ।
विराटनगरका प्रशान्त र निलिमाको जोडी प्रेम दिवस मनाउन थालेको ७ बर्ष बितिसक्यो । दुवैजना प्रमाणपत्र तह अध्ययन गर्दा सुरु  भएको उनिहरुको प्रेम अहिले स्नातकोत्तर सकिदा समेत उत्तिकै नयाँ छ । प्रशान्तले एउटा गैरसरकारी संस्थामा काम गर्न थालेपनि निलिमा भने पढाइ भन्दा अरु केही गर्दिनन् । एकसाता अगाडी विराटनगरको एउटा पार्कका भेटिएको उनिहरुको जोडी यसपटकको भ्यालेन्टाइनकै दिन विबाह गर्ने तयारी गरेको सुनाए ।
सुजीता र जनकको जोडी भने अन्तरजातीय हो । पारिवारले चाल पाएमा उनिहरुको सम्बन्ध अगाडी बढाउन समस्या छ । दुवै जनाले आफ्नो परिवार जातीय मामलामा कडा रहेको बताए । परिवारले चालपाए उनिहरुको जोडी नस्विकार्ने भएकाले दुवैजना चिन्तामा रहेको उनिहरुले सुनाए । तर पनि आफ्नो प्रेम सफल बनाएरै छाड्ने दुवैले प्रण गरे र यसपटको भ्यालेन्टाइनलाई अवसरका रुपमा लिने उनिहरुको भनाइ छ ।
एक अर्कालाई प्रेम गरेपनि युवा युवतीहरु अरुलाई आफ्ना प्रेमी प्रेमीकाका बारे खुलेर कुरा गर्दैनन् । तर अहिले यस्मा धेरै परिवर्तन आएको छ । उनिहरु भन्छन् प्रेम गर्न किन डराउने हामीले अपराध त गरेको हैन नी । प्लस टु र कलेजमा पढ्ने किशोर किशोरीहरु प्राय सबैका ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड छन् । धरानको विष्णु उच्चमाविबाट प्लस टु सकेकि दिक्षाले आफ्नो अनुभव सुनाइन् । हाम्रो ब्याचका सबैजना केटीको  ब्वाइफ्रेण्ड छन्, केटाहरु त झन के कम हुन्थे र ।
प्रेम दिवसका नाममा विकृति भित्रियो भन्नेहरुपनि धेरै छन् । फेसनको रुपमा ब्वाइप्रेण्ड र गर्लफ्रेन्ड बनाउनेहरु पनि थुप्रै पाइन्छन् । तर पनि प्रेमले मानिसलाई बाधेको हुन्छ असल प्रेम गर्नेहरु जस्तोसुकै परिस्थितिमा पनि एक भएर अगाडी बढेका थुप्रै उदाहरणहरु छन् । साहित्यकारहरुले त्यसको नमुना सयौ बर्ष अगाडी बनाइदिए हाम्रा सामु रोमियो जुलियट, लैला मज्नु, मुनामदन आदी । हामी त्यसैको सेरोफेरोमा रहेर अर्दश प्रेमका कुरा गर्छौ, प्रेममा आर्दश त्याग र सर्मपण चान्छि नै सर्मपण नभएको प्रेम सायद अहिले बजारमा चर्चा हुने सस्तो फेशन हो ।
धरान बहुमुखी क्याम्पसका प्रमुख सुर्य राई प्रेम र भ्यालेन्टाइन डेलाई युवा युवतीको सकारात्मक विकाससंग जोड्छन् । उनि भन्छन् प्रेम र यौनलाई खुल्ला नहुदा उब्जने कुण्ठाले  ब्यक्तिमा नराम्रो असर पार्दछ । त्यसले गर्दा समाजमा अपराधका घटनामा बृद्धि भएका छन् । मानिसले सबैलाई प्रेम गर्न जान्यो भने समाज आफु शान्त र शुसंस्कृत हुन्छ ।

0 comments:

 
धन्यवाद