अनायसै बढ्ने दूरी बनायो कस्ले ?
पीडा दिने आधींहुरी बनायो कस्ले ?
नफक्रदै कोपिला यो झार्यो नियतीले,
उनलाई यति निष्ठूरी बनायो कस्ले ?
घात पनि गर्छ मान्छे आफै जानी जानी,
चल्नु पर्ने प्यारमै छुरी बनायो कस्ले ?
चोटपीडा जे पाए नी सहिन्छ नै पिरतीमा,
अखिर यो माया जरुरी बनायो कस्ले ?
२०६८ माघ १५
0 comments:
Post a Comment