स्वप्निल र यूरानी प्रिन्स एण्ड प्रिन्सेस्

इटहरीमा भएको मेघा ट्यालेन्ट शोबाट स्वप्निल श्रेष्ठ र यूरानी सुब्बा लिटिल प्रिन्स एण्ड प्रिन्सेस् छनौट भएका छन् ।
आइतबार राती इटहरीमा भएको फाइनल प्रतिगोगिताबाट उनिहरु लिटिल प्रिन्स एण्ड प्रिन्सेस घोषणा भएका हुन् । त्यस्तै प्रिन्स तर्फ प्रिंन्स खडका फस्ट रनरअप, अभिषेक कार्की सेकेन्ड रनरअप र सिजन दाहाल थर्ड रनरअप भएका छन् ।
त्यसैगरि प्रिन्सेस तर्फ नेहा बराइली फस्ट रनरअप, सिम्रन ढकाल सेकेन्ड रनरअप र इन्दीरा पौडेल थर्ड रनरअप भएका छन् ।
ग्ल्यमरस नेपाल डटकम बिर्तामोडले सन्चालन गरेको मेघा ट्यालेन्ट शोमा ७ बर्ष देखि १३ बर्षसम्मका तीन दर्जन बढी बालबालीका सहभागी थिए । बालबालीकामा रहेको प्रतिभालाई बाहिर ल्याउन एक महिनासम्म प्रशिक्षण दिएरफाइनल प्रतिष्पर्धा गराइएको कार्यक्रमका कोरियोग्राफर लक्ष्मण श्रेष्ठले बताए ।
प्रतियोगीतको मुख्य निर्णायकमा थिए काठमाण्डौबाट आएका नेपाल जेसिजका शुशिलबाल श्रेष्ठ । ग्ल्यमरसका प्रवन्ध निर्देशक आसिम श्रेष्ठले बालबालीकाको भबिष्य निमार्णकालागि आफेहरुले यस्तका कार्यक्रम आयोजना गरेको बताए । शोको फाइनल कार्यक्रममा गायक आनन्द कार्कीले गायर मनोरञ्जन दिएका थिए । त्यस्तै चर्चित कवि मनुमन्जिलले गजल सुनाएर कार्यक्रममा सहभागीलाई आर्कषित गरेका थिए भने प्रनिशा उदासको नृत्यले सबैलाई मोहित बनाएको थियो । कार्यक्रको अन्त्यमा सबैले एकसाथ नाचेर रमाइलो गरेका थिए ।

0 comments:

 
धन्यवाद