गजल


हावा हो मन पानी हो मन ।
फूलैफूल्को जवानी हो मन ।

रम्छ सधैं अरुकै खुसीमा,
भावको ठुलो खानी हो मन ।


सुम्पन्छ सबै बिर्सेर आफैं,
लाग्दछ साँच्चै दानी हो मन ।

यत्ति पवित्र अरु के होला,
पुजा नै गर्ने थानी हो मन ।

जत्ति घोटे नि सहेर बस्छ,
जाँतो विचको मानी हो मन ।

जे सुकै हाल तिमीले भित्र,
मात्र तेल झार्ने घानी हो मन ।

विवाद किन गर्नु बेकारको,
होइन राजा रानी हो मन ।
मिति २०६९ जेठ ४

 
धन्यवाद