तीन मुक्तक

१.
याद गाढा हुने बनायौ ।
टाढा थिंए छुने बनायौ ।
किन भयौ फूलै निर्दयी,
मुस्काउँथे रुने बनायौ । 

२.
जंगल घुमेनौं की सहर घुमेनौं ।
त्यो वेला कुन कुन प्रहर घुमेनौं ।
सुन्दैछु यादहरु भुल्दैछौ रे सबै,
नभन्नु हेर फेरी नहर घुमेनौं ।

३.
जीन्दगी भरी नौटंकी बाँच्छु भन्थी ।
दिलभित्र पीडा लुकाई हाँस्छु भन्थी ।
थाहा छैन आजकल के गर्दै छे उ,
जुनी जुनी तिम्रै माया मुटुभरि साँच्छु भन्थी ।

0 comments:

 
धन्यवाद