एउटी निर्दयीलाई

तीखा यादहरु
तम्सन्छन् घोच्न
जब हुन्छ
गोघुली साझँ विदा ।

पर्खाल भत्किएपछि विश्वासको
मुर्ती भासिएपछि आस्थाको
हरायो र्मिमिरे मुस्कान
आजकल हरेक विहान
बोकी आउँछ सन्नाटा ।



टप्किदैन शित
कोमल पत्रहरुमा
बुझ्यो उस्ले पनि
रुँदैछ गुलाफ ।

उता क्षितिज पारी
हर्सोल्लासको भोज भतेर
विजयको हर्कबडाँई
खुसुक्क सुनाउँछ बतास ।

सन्तुष्टिका ज्वारभाटा फैलिएको
प्रगतीका हिम श्रृंखलाहरु चुलिएको
बगैचामा कुन्नी के के थरि
रंगीचंगी फूलहरु फक्रिएका
भमराहरु लठ्ठिएका
यस्तै यस्तै अपुस्ट
हल्लाहरु आउँछन् उतैबाट ।

एकचक्कर पु¥याएछन्
सबै ऋतुहरुले आज
निर्दयीले वाचा तोडेको
मुटु अन्तै जोडेको
अझैपनि
जोडी पंक्षी देख्दा
यात्रीका चाला देख्दा
त्यतिमात्र हैन
बतासको हरेक स्पर्सले
एउटी निर्दयीको सम्झना ब्युझाउँछ ।

२०६९ मंसिर २२, इटहरी, 


















0 comments:

 
धन्यवाद