इटहरी गोल्डकपको उपाधि काकडभिट्टालाई (फाेटाे फिचर सहित)

सुनसरी ६ चैत । सुनसरीको इटहरीमा सम्पन्न १० औ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काकडभिट्टा टे«निङ सेन्टर झापाले जितेको छ ।

घरका छतमा समेत बसेर फुटबल हेर्दै



फुटबल कुदाउँदै खेलाडी

आफ्नो पक्षमा बल खोस्दै









राखेपका सदस्य सचिव सहित खेल हेर्दै

दर्शक

गोल्डकपको रिपोर्टिङमा रहेका पत्रकार खेल हेर्दै

विजेता खेलाडीलाई मेडल दिदै राखेप सदस्य सचिव केशव बिष्ट

विजेता टीमलाई ट्रफी दिदै राखेप सदस्य सचिव केशव बिष्ट

विजेताको खुसी 



जनता स्कुलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा फेन्स क्लब बिआरसी भुटानलाई ट्राइब्रेकरमा २ का बिरुद्ध तीन गोलले हराउँदै काकडभिट्टाले उपाधि सहित नगद एक लाख एघार हजार एक सय ११ रुपैयाँ जितेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुङ्गीएपछि खेल ट्राइबे्रकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा काकडभिट्टा ट्रेनिङ् सेन्टरका रवि थापा, दिलेन लोक्तान र खमीर दिलसान लिम्बुले प्रहार गरेको बल गोलमा परिणत भयो । सुविन मैनाली र बुद्ध चेम्जोङ्ले प्रहार गरेको बल बिआरसी भूटानका गोलरक्षक राजु नगरकोटीले रोके । बिआरसी भूटानका वर्तमान राई र विक्रम लिम्बुले प्रहार गरेको बल मात्र गोलमा परिणत भयो । भूटानका निराजन खड्का, दिनेश कार्की र धिरज तामाङ्ले प्रहार गरेको बल काकडभिट्टाका गोलरक्षक मनोज प्रधानले रोकेका थिए । आजको खेलमा काकडभिट्टाका गोलरक्षक मनोज प्रधान म्यान अफ दी म्याच भए उनले नगद ५ हजार रुपैया पाए । खेलको सर्वाधिक गोलकर्ता भुटानका धिरज तामाङ भए उनले १२ हजार बराबरको मोवाइल पुरस्कार पाए । इटहरी फुटवल क्लवका विपिन तामाङको उदयीमान खेलाडी घोषित भए । उनले २२ इन्चको एलइडी टिभी उपहार पाए । त्यस्तै काकडभिट्टामा बुद्ध चेमजोङले प्रतियोगितको उत्कृट खेलाडीको उपाधिसगैं २४ इन्चको एलइडी टिभी पुरस्कार पाए ।
राष्ट्रिय जागृति क्लवको आयोजनामा भएको प्रतियोगिताको उपविजेता भुटानले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताका विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट, एन्फा उपाध्यक्ष किशोर राई, इटहरी नगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले पुरस्कार, ट्रफी र प्रमाणनपत्र वितरण गरेका थिए ।
आठौं संस्करणसम्म स्वर्गीय दानवहादुर फूयँल स्मृति गोल्डकपका नाममा हुदै आएको फुटबल प्रतियोगितालाई गतवर्षदेखि इटहरी गोल्डकपका नाममा खोलाइन थालेको हो । फागुन २९ गतेदेखि  गोल्डकपमा आठओटा टीमको सहभागिता थियो ।

0 comments:

 
धन्यवाद