भाषाशास्त्रीको नागरिक अभिनन्दन : ०७३ भदौ १६ गते

भाषाशास्त्री प्राध्यापक डाक्टर टंक प्रसाद न्यौपानेलाई सुनसरीमा नागरिक अभिनन्दन गरिएको छ । 
विभिन्न संघसंस्थाले संयुक्त रुपमा डा न्यौपानेलाई रथमा राखेर इटहरी र धरानका विभिन्न चौकमा परिक्रमा गराई नागरिक अभिनन्दन गरेका हुन् । सुनसरीमा रहेका दुई दर्जन बढी समाजिक तथा साहित्यिक संघ संस्थाले डा न्यौपानेलाई उहाँकै कदको ताम्रपत्रले सम्मान गरेका हुन् । धरान र इटहरीका विभिन्न ठाउँमा भएका नागरिक अभिनन्दन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति गंगाप्रसाद उप्रेती लगायतका सयौ साहित्यकारहरुको उपस्थिती थियो ।  कार्यक्रममा विभिन्न व्यक्तिले डा न्यौपानेले नेपाली भाषाको क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गरेका थिए । सो क्रममा डा न्यौपानेको सम्मानमा सडकदेखि शिखरतिर नामको अभिनन्दन  ग्रन्थ समेत लोर्कापण गरिएको छ । 























0 comments:

 
धन्यवाद