कविता


हरिया पहाडका तरेली माथि माथि
निलो आकाशमा डौडिरहेका
सेता सेता वादका ढिक्कामा ठोक्किदै ठोक्किदै
आपसमा पखेटाको स्पर्श लिदै उडिरह्यौं उडिरह्यौं ।



मोती दाना झै केशबाट आखाँको डिल भएर
झर्दैछ  सिमसिमे बर्षात
गाजल लत्पतिएको नयनसगैं
नियाल्दै नसालु हेराइ
औलाहरु खापेर
हत्केलाको न्यानो स्पर्शमा
यात्रा बढिरहेछ बढिरहेछ ।

तर्सदै गाडिका हर्नबाट
छोप्दै आफ्नो अनुहार
लगाउँदै चस्मा
धुलोको बेर्पवाह
चाल झन झन बढ्दै गयो
शिरिशको बोटमा लुक्न लागेको घाम झैं
भँमराले झै एक अर्कोलाई ठुँङ हान्दै
सडक किनारै किनार हिडिरह्यौं हिडिरह्यौं ।

उ पनि यसरी नै हिड्दै होली
लाढिदैं ढेसिँदै टाउको टाँस्दै मेरा छातीमा
अव्यक्त छ सायद
दुवैको एउटै मनको कुरा.... ।

0 comments:

 
धन्यवाद