दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल


यति धेरै माया गर्ने मान्छेहरु मसंग छन् । 
जानी—जानी दील हर्ने मान्छेहरु मसंग छन् ।

बिर्सिएर आफ्नै धड्कन्, मनमुटु साट्नेसम्म,
पिरतीमा ज्युँदै मर्ने, मान्छेहरु मसंग छन् ।


विश्वासमा लठ्ठपारी, संसारबाट छुटाएर,
एक्लै छाडी जंघार तर्ने, मान्छेहरु मसंग छन् ।

प्रेमील यो दुनियामा, हुदाँ रैछन् विश्वासघाती,
प्यारमा नै बिष भर्ने, मान्छेहरु मसंग छन् ।

युगौं—युग रहेकपल, एकसाथ हुन्छु भन्ने,
नाटकगरि अन्तै सर्ने मान्छेहरु मसंग छन् ।

 
धन्यवाद