व्यवसाय बढ्ने आशमा अनलाइन

पूर्वाञ्चलका एफ एम रेडियोहरुले व्यवसाय बढाउनका लागि धामाधम वेब साइट निमार्ण गरि अनलाइन सुन्न सकिने बनाउन थालेका छन् ।
शप्तकोशी एफएमको भवन यो एफएम एकबर्षदखि अनलाइनमा
 सुन्न सकिन्छ ।
 र्पुव क्षेत्रका एक दर्जन बढि एफएम रेडियोहरुले भर्खरै अनलाइन सुन्न सकिने बनाएका छन्  । मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, उदयपुरलगायतका एफएम रेडियोहरु अनलाइनमा सुन्न सकिने बनाइरहेका छन् । एफएम रेडियो संख्या बढेर बजार साघुरिदै गैरहेका वेला अनलाइनमा सुन्न सकिने बनाएपछि व्यवसाय पनि बढ्ने उनिहरुको आशा छ ।

वेबसाइटमा रेडियो सुन्न सकिने बनाएपछि स्रोताहरु बढ्ने र त्यसले व्यवसाय बढाउने भएकाले रेडियो वेवसाइटमा सुन्न सकिने बनाएको दन्तकाली एफ एम धरानका स्टेशन म्यानेजर दुर्गा भुजेलले बताए । ‘हामीले रेडियो चलाएको चार बर्ष वित्यो तर धरान आसपासमात्र सुनिन्थ्यो । अहिले वेबसाइट निमार्ण गरेपछि संसारभर सुन्न सकिने भएको छ । यसले स्रोत त बढ्छन नै रेडियोलाई व्यवसाय बढाउन पनि सहयोग पुर्याउने आशा छ,’ भुजेलले भने । वेबसाइट निमार्णले रेडियोको मार्केटिङ गर्न र व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने उनको विश्वास छ ।
इटहरीको नमस्ते एफएमको टावर, यो एफएम भर्खरैमात्र
अनलाइनमा गएको हो
संसारभर सुन्न सकिने बनाएपछि विदेशमा रहेका नेपालीहरुलाई पनि कार्यक्रम प्रायोजन गराउन सकिने तेह्रथुमको मेन्छ्याम एफएमका स्टेशन म्यानेजर प्रेम लिम्बुले बताए । उनले रेडियो अनलाइन सुन्न सकिने भएपछि विदेशमा रहेकालाई भावनात्मकरुपमा नजिक बनाउन र गाउँघरका खबर सुन्न सजिलोका साथै रेडियोलाई समेत व्यवसायमा सहयोग पुग्ने बताए ।  मकालु एफ एम धनकुटाका बजार व्यवस्थापक विसाल श्रेष्ठले अनलाइनमा रेडियो सुन्न सकिने भएपछि स्थानिय एफएमलाई पनि राष्ट्रिय विज्ञापन बजाउन सजिलो भएको बताए । ‘अनलाइन सुन्न सकिन्छ भनेपछि विबज्ञापन कम्पनिहरुलेपनि पत्याउने रहेछन् ,’ उनले भने ।
पुर्वमा  प्रकाश इन्फोसिशले रेडियोलाई अनलाइनमा सुन्न सकिने बनाउन थालेपछि वेबसाइट निमार्ण कम्पनि खोज्दा खोज्दा हैरान भएका रेडियोहरुलाई सजिलोभएको हो । अमुर्त एफएम उदयपुरका स्टेशन म्यानेजर नविन राइले भने ‘हामीले पहिले पनि वेबसाइट बनाएका थियौ । तर त्यो भरपर्दो थिएन । अहिले बनाएको वेबसाइटमा अनलाइन रेडियो मज्जाले सुन्न सकिन्छ ।’
रेडियो प्राविधिक गणेश घिमिरे प्रशारण चेक गर्दै
इन्फोसिसले पूर्वका रेडियोलाई निशुल्क रुपमा अनलाइनमा सुन्न सक्ने बनाइदिएको हो । १६ जिल्लामा रहेका ४ दर्जन बढि रेडियो मध्ये केहिले पहिले नै अनलाइन सुन्न सकिने बनाएका थिए । अहिले इन्फोशिसले पूवर्का रेडियोलाई निशुल्क सेवा दिएपछि भने आधाजसो रेडियोहरु अनलाइनमा सुन्न सकिने भएका छन् । अरु पनि वेबसाइट निमार्णको क्रममा रहेको इन्फोसिशका प्रबन्ध निर्देशक प्रकाश उप्रतीले बताए । पछिल्लो पटक ओखलढुंगा, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ र उदयपुरका रेडियोलाई अनलाइनमा सुन्न सकिने बनाएको उनले जानकारी दिए । इन्टरनेटको प्रयोग दिन प्रतिदिन बढ्दै गएको र ईन्टरनेट मार्फत धेरै नै कुरा गर्न सकिने भएकोले अनि आफ्नो क्षेत्रलाई बढ्वा दिन ईन्फोशिसले यो सेवा निःशुल्क संचालनका लागि सहयोग गरेको उप्रेतीको भनाइ छ ।

1 comments:

Pawan Paudel said...

अनलाइनको पहुँचमा एफएमहरु पुग्नुलाई स्वागतयोग्य कदम मान्न सकिन्छ । मैले पनि केही समय अगाडी झापामा भएको अनलाइन सञ्चारको विषयमा एउटा ब्लग पोस्ट तयार पारेको थिए । २ वर्ष अगाडी लेखिएको पोस्ट इन्टरनेट सञ्चारमा झापा र अहिलेमा धेरै नै फरक होला तर कुरा के हो भने विस्तारै विस्तारै इन्टरनेटको आवश्यकता मानिसहरुले बुझ्न थालेका छन् ।

 
धन्यवाद