सञ्चार क्षेत्रको सुरक्षाबारे छलफल

निरन्तर आक्रमण तथा धम्कीको शिकार हनु परेको भन्दै पूर्वका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् ।
सुनसरीको इटहरीमा शुक्रबार रिपोटर्सक्लवले गरेको भएको सुरक्षित पत्रकारीता र सुरक्षा अंग, ‘दायीत्व, जवाफदेहीता र सहकार्य’ विषयका अन्तरक्रिया कार्यक्रमका  बक्ताहरुले त्यस्तो चिन्ता व्यक्त गरेका । प्रशासनिक उच्च पदाधिकारी तथा सुरक्षा अंगका व्यक्तिहरुले पनि चिन्ता व्यक्त गरेका छन् । वक्ताहरुले पत्रकारीता क्षेत्र असुरक्षित हुदा समग्र जनताको सूचनाको हक कमजोर बन्ने भएकाले सुरक्षित पत्रकारीता आवश्यक भएको बताएका थिए ।

नेपाल पत्रकार महासंघ पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपानेले पछिल्लो समय पत्रकारहरुबाट सुरक्षा निकायले सुचनाको लागि  विभिन्न कारणले असुरक्षित बन्दै गएको भन्दै सुरक्षा अंगहरु जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै निवर्तमान पूर्वाञ्चल क्षेत्रीय प्रशासक तथा हालका वन मन्त्रालयका सचिव डाक्टर कृष्णचन्द्र पौडेलले सुरक्षामा कुनै कसुर नराख्न पूर्वका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए ।
यस्तै, पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेन्द्र शाहले पत्रकारको मात्र नभएर समग्र नागरीकको सुरक्षा गर्ने जिम्मा सुरक्षा अंगको भएको भन्दै नागरीकको सहयोगमा अपराध नियन्त्रण गर्दै सुरक्षा व्यवस्था कडा बनाउन अगि बढ्ने प्रतिबद्धता जनाए ।
सुनसरीको प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापा, पत्रकार महासंघका सुनसरी अध्यक्ष केशव घिमिरेलगायतले पनि पत्रकारको सुरक्षाका बारे चिन्ता व्यक्त गरे ।  कार्यक्रममा पूर्वमा पत्रकारीताको अवस्थाका विषयमा पत्रकार विजय मिश्रको कार्यपत्र प्रस्तुत गरीएको थियो । कार्यपत्रमा अग्रज पत्रकार कृष्ण अधिकारीले टिप्पणी गर्नुभएको थियो ।
       कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय प्रमुख पौडेल, नेपाल प्रहरीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शाह, शशस्त्रका पूर्व क्षेत्रीय प्रमुख सिंहबहादुर श्रेष्ठ, अनुसन्धानका पूर्वाञ्चल प्रमुख गणेश अधिकारी, सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारी, पत्रकार महासंघका पूर्वाञ्चल संयोजक न्यौपाने, सुनसरी, धनकुटा र सप्तरीका अध्यक्षहरु, रिपोटर्स क्लब नेपालका अध्यक्ष धमला लगायतको सहभागीता रहेको थियो ।।


0 comments:

 
धन्यवाद