समर म्युजिक क्याम्पमा स्कुले बालबालिका



 ‘सप्तक’ श्रृखला मार्फत समाजका विभिन्न व्यक्तिलाई संगीतको स्वाद चखाउदै आएको संगीत साधना प्रतिष्ठानले सुरु गरेको ‘समर म्युजिक क्याम्प’मा विभिन्न बिद्यालयका बालबालीका रमाइलो गरिरहेका छन् ।
इटहरी नगरपालीकाको सांस्कृतिक भवन हरेक विहान ७ बजेदेखि १० बजेसम्म बालबालीकहरु संगीतमा रमाइरहेका पाइन्छन् ।
उनिहरु कोही गीत गाइरहेका हुन्छन् भने कोहि नाची रहेका र कोही ताली बजाउदै हल्लिरहेका देखिन्छन् । कक्षा ६ देखि ९ सम्मका बालबालीका मात्र सहभागी हुन पाउने क्यामपको रमाइलो हेर्न धेरै अभिभावक हलको पछिल्लो पंत्तिमा बसिरहेका हुन्छन् ।
बालवालीकाले आफै गीत गाएर कम्मर मर्काइ मर्काइ नचेको हेर्न धेरैजनाले कामको व्यस्ततालाई  पन्छाएर आएको बताए ।
यसै साता सुरु गरिएको क्याम्पमा इटहरीका विभिन्न बिद्यालयका ५ दर्जन बालबालीका सहभागी छन् । उनिहरुलाई एक महिनासम्म क्याम्पमा राखेर संगीत प्रशिक्षण दिने र एक महिना पछि प्रतियोगिता गरेर समर म्युजिक अवार्ड प्रदान गरिने  प्रतिष्ठानका संस्थापक राजु केसीले बताए ।

0 comments:

 
धन्यवाद