कुनै कालखण्डमा


कुनै एउटा कालखण्डमा
एकै होला हाम्रो धड्कन
र भावनाको तरंग पनि ।

हिजो समयको उतार चडावले
टुक्र्यायौ आफ्नै मुटु
चुडाल्यौ भावनाको डोरी
र थियौ पर पर  
नबुझी आफैलाई ।


रंग भएर आखाँमा आउँछ
सपना भएर मस्तिष्कमा घुम्छ
चल्दैछ छिटो छिटो
धड्कनमा मिसिदैछ यो
प्रवाह बढ्दैछ नशा नशामा
रगतमा घोलिदैछ यो
लाग्छ यो कालखण्ड पार गर्दा नगर्दा
अवश्य बग्छ भेलबाढी
हाम्रो मायाको
हाम्रो मायाको .........

0 comments:

 
धन्यवाद