संविधानको स्वागतमा इटहरीमा एकलाख बत्ति

राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान जारी भएको घोषणा गर्न नभ्याउँदै इटहरीबासीले  मुख्य चौकमा एकलाख बत्ति बाल्न भ्याए ।
लामो समयको प्रतिक्षा पछि संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको खुसीयालीमा सबै इटहरीबासी सहभागी भए । इटहरीको मुख्य चौकमा मात्र ७ हजार भन्दा बढि सर्वसाधारणको सहभागीता थियो । राष्ट्रपतिले सम्बोधन गरेको प्रजेक्टरबाट प्रत्यक्ष देखाइएको थियो चोकमा । 
अन्य चोक चोकमा पनि उत्तिकै भेला भएर संविधानको आएकोमा खुसियाली मनाए । दिपावली गरे ।  आतसबाजी गरे । युवाहरुले नोपालका झण्डा बोकेर मोटरसाइकल र्याली निकाले । इटहरीका सय बढी सिटि सफारीले पनि नेपालको झण्डा फहरउँदै इटहरी बजार घुमे । इटहरीका विभिन्न महिला संघ संस्थाहरु मिलेर एकलाख बात्तिले संविधान देखेर र बजाले नेपालको संविधान २०७२ ।  दिपावलीमा के बृद्ध के बालक के युवा के युवती सबै सबै सहभागी भए र स्वागत गरे देशको नयाँ संविधान । आफैले भोट हालेर पठाएका आफ्नै प्रतिनिधिले बनाएको संविधान । दिपावलीमा विभिन्न राजनीतिक दल, विद्यालय, टोलविकास संस्था, जेसिज जस्ता सामाजिक संघ संस्थाका प्रतिनिधी साथै हजारौ सर्वसाधारण सहभागी भए । भने युवाहरु खुसीले नाचेर संविधानको स्वागत गरे । इटहरी चौकमा संविधानसभामा त्यस्तै धरान र सुनसरीका विभिन्न ग्रमिण क्षेत्रमा पनि दिपावली गरेका छन् । इटहरी र धरानका चोकहरुमा आतसवाती समेत गरे ।
सुनसरी सदरमुकाम इनरुवा र दुहवी भलुवा नगरपालीकामा भने संविधानको विरोध गरिहरेका दलका कार्यक्रताले मुख्य चौकमा दिपावली गर्न नदिए पछि स साना चोक र घरघरमा दिपावली गरेर नयाँ नयाँ संविधानको स्वागत गरेका छन् । नयाँ स्ंविधान जारी भएपछि अव देशमा दिगो शान्ति र आर्थिक संबृद्धि तर्फ अगाडी बढ्ने सबैको आशा छ । नेताहरुले पनि जनताको इच्छा र चाहना बुझेर आगामी दिनमा अगाडी बढुन यही कामना गरौं ।  
२०७२ असोज ३ गते आइतबार, २० सेप्टेम्बर २०१५ 

0 comments:

 
धन्यवाद